Bisal Chautari Logo

यी कुरामा मान्छेको भन्दा कुकुरको क्षमता बढी हुन्छ , माथि खुट्टा उचालेर पिसाब फेर्नुको कारण यस्तो छ

- १ कार्तिक २०७४, बुधबार ०६:३२ मा प्रकाशित


Dog strength is more than a person
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १ बुधवार । आज तिहारको दोस्रो दिन कुकुर तिहार। कुकुरलाई पूजा गरी फूलमाला लगाइदिई कुकुरको सम्मान गरिन्छ।
मान्छेले नराम्रो गाली गर्दा कुकुर भन्छ तर कुकुर मान्छे भन्दा कम हुँदैन २५ जना मान्छले दिने सुरक्षा एउटै कुकुरले दिने केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका डिएसपी प्रमोदराज भट्टले बताए ।
                                                                                                                                  फाइल फोटो

कुकुरमा मान्छेको भन्दा सुँघ्ने, सुन्ने, देख्ने क्षमता बढी हुन्छ । मानिसको भन्दा ५० गुणा बढी सुँघ्ने क्षमता हुन्छ। मानिसको भन्दा कुकुरको धेरै गुणा बढी सुन्ने क्षमता हुन्छ । मानिसले २० हर्जदेखि २० हजार हर्जसम्म सुन्न सक्छ। भने कुकुरले २० हर्जदेखि १० लाख हर्जसम्म सुन्ने क्षमता राखेको हुन्छ। कुकुरले राति झनै मज्जाले देख्न सक्छ। मानिसको आँखाले पछाडि केही रहेको छ÷छैन भन्ने देख्न सक्दैन। तर कुकुरले आफ्नो पछाडि, दायाँबायाँ मज्जाले देख्न सक्छ। कुकुरले २७० डिग्रीसम्मको एन्गलमा देख्ने गर्छ।
तालिम प्राप्त कुकुरले २५ जना खाली हात बराबरका मानिसले दिने सुरक्षा दिन सक्छ। त्यसैले कारागार, विशिष्ट व्यक्तिको सुरक्षामा कुकुरलाई खटाइने गरिन्छ। अहिले प्रहरीसँग भएका कुकुरले १ दिनका घटनाको मात्र सुँघेर पत्ता लगाउने गरेको छ। तर व्लड हाउन्ड कुकुरले भने ४ दिनसम्मको घटनालाई सुँघेर पत्ता लगाउन सक्छ। व्लड हाउन्ड नेपाल प्रहरीले केही समयअघि भित्र्याएको छ। यो कुकुरको सुँघ्ने क्षमता ३ सय मिलियनभन्दा बढी हुन्छ।
कुकुरले ठाउँ ठाउँमा खुट्टा उचालेर पिसाब फेर्ने गदर्छ । तर यसको मुख्या कारण पिसाब गर्नुको कारण आफूलाई शक्तिशाली मान्ने र प्रभाव छोड्न हो। आफ्नो क्षेत्र निर्धारण गर्न लागि पिसाब फेरेर छोड्ने गर्छ। अर्को कुकुरले पिसाबकै माध्यमले पहिचान गर्दछ।

 

प्रतिक्रिया