Bisal Chautari Logo

बि.के आर्ट ग्यालरीमा १८ कलाकारको २२ कलाकृति (फोटो,भिडियो सहित)

- १४ बैशाख २०७१, आईतवार १२:०१ मा प्रकाशित


Art exhibition (B.K Art Gallery)
काडमाडौं, १४ बैशाख । १५ वर्षको कला साधनापछी कलाकार बि.के नरबहादुरले लाजिम्पाटमा ‘बि.के आर्ट ग्यालरी’ सञ्चालनमा ल्याएका छन् । केही दिन अगाडी चर्चित कलाकार तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपती किरण मानन्धरले एक औपचारीक कार्यक्रमको आयोजना गरी समुद्घाटन गरेका थिए ।

‘बि.के आर्ट ग्यालरी’को समुद्घाटनपछी बोल्दै वरिष्ठ कलाकार मानन्धरले कलाको विकासमा यस आर्ट ग्यालरीका संञ्चालक बि.के नरबहादुर आफै एउटा संर्घषशिल कलाकार भएकाले कलाकृतिको क्षेत्रमा राम्रो टेवा पुग्नेमा विस्वस्त रहेको छु’, मानन्धरले बताए । आर्ट ग्यालरीमा सबै किसिमका कलाकारहरुलाई प्राथमिकता दिएको आफुलाई राम्रो लागेको मानन्धरले बताए । त्यस्तै कलाकार तथा कला समिक्षक रमेश खनाललेपनि कृतिहरुको बाल्दै सुरुवातिकै लक्ष्यण राम्रो देखिएको बताए । बुटवलका अग्रज कलाकार मन गोल्डीले मोफसलको कला गतिविधि र प्रदर्शनीको बारेमा जानकारी दिए ।

हाल चल्दै आएको व्यावसायिक कलाबाट अब यो ‘बि.के आर्ट ग्यालरी’ नेपाली समसामयिक चित्र प्रदर्शनीबाट शुरु गरिएको छ । कलाकार तथा ग्यालरीका संचालक बि.के नर बहादुरले कुराकानिको क्रममा नेपाली व्यवसायिक कलाको साथसाथै नयाँ तथा पुराना अग्रज कलाकारहरुको आधुनिक कलालाई पनि यो ग्यालरीले महिनाको अन्तिम हप्ता कला प्रदर्शनीको लागि स्थान दिने निर्णय गरेको बताए । जसमा एकल वा सामुहिक चित्रकलाको प्रदर्शनी गर्न सकिने छ । साथै कलासम्बन्धि प्रवचन गर्न पनि दिइने सञ्चालक नरबहादुरले बताएका छन् । जसले गर्दा नेपाली समसामयिक कला बिकासमा उल्लेख्य योगदान पुग्ने कलाकार तथा ग्यालरीका सञ्चालक बि.के.को उद्देश्य रहेको छ ।

वि.स. २०७१ सालको शुरुवातसँगै सञ्चालनमा आएको ‘बि.के आर्ट ग्यालरी’ले बरिष्ठ कलाकार डा.लय मैनाली, झसेन्द्र विक्रम राणा, पुरन खड्का, सुदर्शन विक्रम राणा, सुनिता राणा, कपिल मणि दिक्षित, रमेश खनाल, विनोद गुप्ता, बि.के नर बहादुर, डाफु बोहोरा, सुनिल परियार, श्याम सुन्दर , डि. राम पाल्पाली, दोर्जे गुरुङ्ग लामा, अनिता खनाल भट्टराई, प्रमिला परियार गरी १८ जना कलाकारहरुको २१ थान चित्रहरु प्रर्दशनीमा राखिएका छन् । 
दोर्जे गुरुङ्ग लामाको चित्रमा कलाकारले ‘डन्ट फाइट, सेभ वल्र्ड’ भनेर बनाएका छन् । यस चित्रमा यदि प्रकृतिलाई जिस्कायो भने प्रकृतिले मानव जीवनलाई तहस नहस पर्छ भन्ने सन्देश दिएका छन् । यस्तै कलाकार सुनिता राणा पनि सुनौलो प्रकृति हुनु पर्ने सपना देख्छिन् । कलाकार पुरन खड्काको चित्रमा अन्तररेखाहरुले जेलिएका भावनात्मक सत्यको प्रभावमा डुबुल्कि खेल्दै विचार शुन्य भावहरुमा डुब्दै चारवटा रंगहरुको सम्रिश्रणबाट आफ्नो अभिव्यक्ति दिएका छन् । तराईको लोक मिथिला कला चित्रहरुलाई कलाकार अजित शाह र श्याम सुन्दरले आधुनिक शैलीले टेक्सरको माध्यमबाट त्रिआयामिक भाव उत्पन्न गराउछ ।
‘बि.के आर्ट ग्यालरी’
विषय : कलेक्टिभ भिजन अफ वि के आर्ट ग्यालेरी
प्रदर्शन हुने मिति : २०७१ बैशाख १० देखि १६ गतेसम्म
स्थान: बि के आर्ट ग्यालरी, लाजिम्पाट
सहभागी कलाकार : १८ जना
प्रर्दशित कलाकृती : २१ थान

ad

प्रतिक्रिया