Bisal Chautari Logo

वाह! प्रेम त यस्तो होस, यति धेरै बाधा खडा हुँदा नि ज्योति अधिकारी र रवि विकले सफल पारे

- ३० आश्विन २०७४, सोमबार १०:०५ मा प्रकाशित


Wow! Love is so
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ३० सोमबार । कानुनमा जातीय विभेद हटेपनि साम्रो समाजमा हट्न सकेको छैन । धेरै पहिला देखि जरो गाडेको हुनाले समाजमा जातीय विभेद अझै पनि विद्यमान छ ।
गाउँमा मात्र नभई सहरमा समेत कुनै न कुनै रूपमा जातीय आधारमा भेदभाव तथा छुवाछुत गर्ने कुसंस्कार कायमै रहेको छ । त्यसैकारण प्रेम गर्ने धेरै जोडीहरु विवाह बन्धनमा बाँधिनबाट वञ्चित छन् । समाजमा आइपर्ने चुनौतीको कारण अन्तर जातीया विवाह खासै गरेको पाइन्दैन । अझ तल्लो जात भनेर नामकरण गरेका दलितसँग त प्रेस छ भनेर भन्न पनि सक्दैनन् ।
तर सराङ्कोट गाविस वडा नम्बर छ सौरेखोलाकी ज्योति अधिकारी र सोही वडाका रवि बहादुर विकले अन्तरजातीय विवाह गरेको छ । उनीहरूलाई परिवारको धेरै अवरो थियो तर उनीहरूले आफ्नो प्रेमलाई सफल बनाएर खुसी भएको ज्योतिले बताइन् । ‘हामीबिच प्रेम सम्बन्ध भएको थाहा पाएपछि घरमा तीन दिन थुनेर शारिरक र मानसिक यातना दिए’–उनले भनिन्–‘कलेज जाने बहानामा घरबाट भाग्न सफल भए ।’ ज्योतिका बुबा श्रीकृष्ण अधिकारी आफै वकिल भए पनि उनीहरूको विवाह स्वीकारेका छ्र्रैनन् । रविकी आमा लक्ष्मी विकले उनीहरूको सम्बन्धलाई लिए खुसी भएको बताइन् । उनले छोराबुहारीको जीवन राम्रोसँग वितोस् भन्ने कामना गरिन् ।

 

 

प्रतिक्रिया