Bisal Chautari Logo

रेखा थापा र गगन थापाको परे भिडन्त

- २९ आश्विन २०७४, आईतवार ११:४२ मा प्रकाशित


Rekha Thapa and Gagan Thapa fight beyond
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २९ आइतबार । नेपालका चर्चित नायिका एंम राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापा काठमाडौँ क्षेत्रको ४ नम्बरबाट चुनाव लड्ने भएकी छन् ।
                                                                                                                                फाइल फोटो

पशुपति शमंशेर राण नेतृत्वको राप्रपाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँको क्षेत्र नम्बर ४ बाट रेखा थापाको नाम सिफरिस गरेको हो ।
काठमाडौँको क्षेत्र नम्बर चार नेपाली कांग्रसका युवा नेता गगन थापाले जित्दै आएको हो । अब रेखाले यहाँ गगन थापासँग भिडन्त गर्नु पर्ने भएको छ । गगन थापा नेपाली काँग्रेसको प्रभावसाली नेता हुन भने रेखा थापा नेपाली चलचित्रका चर्चित नायिका हुन् ।
रेखा थापाको नाम सर्लाहीबाट पनि सिफारिस गरेको स्रोतले बताएको छ । रेखा थापाको नाम दुई ठाउँबाट सिफारिस भएको हुँदा कुन ठाँउबाट लड्ने भन्ने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया