Bisal Chautari Logo

तालमा तैरिरहेको अवस्थामा १० दिनपछि शव फेला

- २९ आश्विन २०७४, आईतवार १०:१३ मा प्रकाशित


After 10 days the body was found
विशाल चौतारी समाचार
डडेल्धुरा, २०७४ असोज २९ आइतबार । आलिताल गाउँपालिका– ३ मा रहेको पर्यटकीय एवं धार्मिक ताल आलितालमा डुबेर बेपत्ता बलबहादुर मास्की राना मगरको शव १० दिनपछि शनिबार फेला परेको छ ।
                                                                                                                               फाइल फोटो

आलितालमा यही असोज १९ गते पौडी खेल्न गएका आलिताल गाउँपालिका– ३ रक्सोनका ४१ वर्षीय मगर डुबेर बेपत्ता भएका थिए । तालमा तैरिरहेको अवस्थामा मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया