Bisal Chautari Logo

किन गरे मोडेल कृष्ण गिरिले गरे आत्महत्या ?

- २९ आश्विन २०७४, आईतवार ०९:४८ मा प्रकाशित


Model krishna Giri suicide .
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २९ आइतबार । मोडल कृष्ण गिरिले गत बिहीबार आत्महत्या गरेका छन् । उनले विगत लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा योग्दान गरेका छन् । उनले नेपाली साङ्गीतिक क्षेत्रमा एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
सुर्खेत स्थाई घर भएको मोडल गिरीले बिहीबार रुखमा पासो लागएर आत्महत्या गरेका हुन् । उनको मृत्युले नेपाली साङ्गीतिक जगतमा सबैलाई दुखी बनाएको छ । मोडल गिरीले किन आत्महत्या गरेका हुन् भन्ने बारेमा कुनै जानकारी आएको छैन ।
बिहीबार दिउसो करिब ३ बजे आफ्नै घर पछाडि रुखमा झुण्डीएर आत्महत्या गरेका हुन्, उनले लगभग एक दर्जन गीतमा अभिनय गरेका छन् र उनको बहिनिपनि धेरै गीत हरुमा अभिनय गरेकी छिन !
कृष्णले छिन्चु बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका थिए, उनको सबलाई पोस्ट मार्टमको लागि महलकुना लागिएको छ ! उन्लाइन सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेको ओइरो लागेको छ ! उनले यो उमेरमा के कति कारणले आत्महत्या गरे त्यो प्रहरीले अनुसन्धान गर्दै छ !

प्रतिक्रिया