Bisal Chautari Logo

किन भयो? विवाह गरेको हप्तादिन मै श्रीमान् वेपत्ता, श्रीमतीको विचल्ली

- २९ आश्विन २०७४, आईतवार ०७:५४ मा प्रकाशित


I lost my husband for a weekend
विशाल चौतारी समाचार
अर्घाखाँची, २०७४ असोज २९ आइतबार । अर्घाखाँचीमा विवाह गरेको हप्ता दिन नपुग्दै एक युवक बेपत्ता भएको छ । गएको असोज १६ गते हरिप्रसाद भट्टराई र २१ वर्षीय विष्णु घिमिरेसँग बिवहा बन्धनमा बाँधिएकाका थिए । गत २२ गतेदेखीसम्र्पकबिहिन छ । हरिप्रसादले बेहुलीसहित उनको परिवार समस्यामा परेका छन्।
                                                                                                                            फाइल फोटो

भट्टराई सन्धिखर्कबाट सम्र्पकबिहिन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । बेपत्ता भट्टराईकी श्रीमतीका अनुसार सन्धिखर्क जाने भन्दै निस्केका उनिहरुबीच सन्धिखर्क नपुग्दै बाटैमा कुराकानी भए पनि सन्धीखर्क पुगेपछि कल गर्छु भनेका उनिहरुबीच थप कुरा नभएको बताईन । तिहारपछि नवलपरासीस्थित आफूले शिक्षण गर्ने विद्यालयमा श्रीमतीसहित जाने निर्णय गरेको भट्टराई दम्पतिबीच सुमधुर सम्बन्ध रहेको श्रीमती घिमिरेले बताएकी छिन् । भट्टराई सरकारी विद्यालयका स्थाई शिक्षक हुन
। स्थानीयका अनुसार सम्पर्क बिच्छेद हुनेदिन सन्धिखर्कस्थित एशियन लाईफको कार्यलयमा आफ्नो बिमाको किस्ता बुझाएपछि राष्ट्रिय वाणिज्य बैङ्कबाट ५० हजार झिकेर एकजनालाई बुझाएको देखिएको छ ।
अघिल्लो निर्वाचनमा म्यादी प्रहरीको जाँगिर खाएकी घिमिरे श्रीमान् बेपत्ता भएपछि माईतीमा पुगेकी छन् । प्रहरीले यो घटनालाई निक्कै रहस्यमय भन्दै बेपत्ता भट्टराईसँग अन्य केहीको कलडिटेलसमेत लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया