Bisal Chautari Logo

जुम्ल्याहा बच्चाका फरक/फरक पिता ! कसरी भयो ?

- २८ आश्विन २०७४, शनिबार ०९:२४ मा प्रकाशित


Different kids of twins child
एजेन्सी
अमेरिका,२०७४ असोज २८ शनिबार । कुनै पनि बच्चाको बाबु कुनै एक पुरुष हो या होइन भनेर जान्न चाहे त्यसको सिधा उत्तर पाउन सकिन्छ । तर अमेरिकाको न्यू जर्सीस्थित अदालतमा एक महिलाले जुम्ल्याहा बच्चाको स्याहरसुसारका लागि एक पुरुषलाई उनीहरुको बाबु भनेर दायर गरेको मुद्दा भने केही पेचिलो भएको छ ।
                                                                                                                      फाइल फोटो

उक्त महिलाले मुद्दा दायर गरेपछि अदालतले यकिन गर्न परिक्षण गर्दा दुई मध्ये एकमात्र बच्चाको पिता भएको तथ्य खुलेको हो । चिकित्सा विज्ञानमा जुम्ल्याहा बच्चाका फरकफरक पिता हुनुलाई अत्यन्तै दुर्लभ मानिन्छ । तर त्यो असम्भव भने छैन । त्यसलाई चिकित्सा विज्ञानको भाषामा ‘सुपरफेकण्डेसन’ भनिन्छ ।
छोटोसमयमा नै कुनै महिलाले दुई पुरुषसँग यौन सम्पर्क गरे दुई फरक व्यक्तिबाट गर्भ रहन सक्छ । अमेरिकी पत्रिका टाइमले प्रकाशित गरेको समाचार अनुसार यसरी जुम्ल्याहा बच्चाका फरक फरक पिता भएका स्याहारसुसार भरण मुद्दा अमेरिकी अदालतमा २ प्रतिशत जति छन् ।

 

प्रतिक्रिया