Bisal Chautari Logo

नयाँ रुप ‘जुल्फे’लाई दर्शकले मनपराउने धुमुर्सको विस्वास

- १४ बैशाख २०७१, आईतवार १७:४१ मा प्रकाशित


sitaram kattel dhurmus julfe
काठमाडौ, १४ बैशाख । हास्य अभिनेता तथा नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित टेलिशृङ्खला ‘मेरी बास्सै’का निर्देशक सिताराम कट्टेल फेरी नयाँ भुमिकामा देखिएका छन् । 
कथानक चलचित्र ‘छ एकान छ’, नाइ नभन्नु ल–२’ मा विभिन्न फरक भुमिकामा दर्शकले रुचाएका हास्य अभिनेता कट्टेललाई टेलिशृङ्खलामा धुर्मुस, मुस्कान पासा, खड्का जी, नेता केपी ओली, खडानन्द गुरु लगायत चरित्रहरुमा दर्शकले रुचाएका छन् । 
यस्तै क्रममा हास्य अभिनेता सिताराम कट्टेल ‘जुल्फे’ नामक भुमिकामा देखिने भएका छन् ।

‘जुल्फेको घर’ नामक सट फिल्मको लागि हास्य अभिनेता कट्टेलले यस्तो रुप बनाएका हुन् । यहि विषयमा कुराकानी गर्दै हास्य अभिनेता कट्टेलले भने–‘मैले अहिलेसम्म गरेको चलचित्र तथा टेलिसिरीयलहरुको भुमिकाहरु भन्दा यो रुपको पात्र सबैभन्दा च्यालेन्जिङ र उत्कृष्ट भुमिका जुल्फे हो ।

यो क्यारेक्टरको हेयर स्टाइल, बोल्ने शैली, हाउभाउ सबै कुरा फरक किसिमको रहेको छ । यो सर्ट फिल्म प्रसारण हुने बित्तिकै सारा केटाहरु भाले कटको दिवाना हुने पक्का छ’, हास्य अभिनेता कट्टेलले बताए । 

सर्ट फिल्म ‘जुल्फेको घर’को बारेमा बताउदै हास्य अभिनेता सिताराम कट्टेलले मानिसहरुका लागी सबैभन्दा पहिलो कुरा घर महत्वपुर्ण हुने कुरालाई जोड दिन खोजिएको बताए ।

फरक विषय भएका कारणले सर्ट फिल्म ‘जुल्फेको घर’ राम्रो हुनेमा आफु विस्वस्त रहेको सितारामले बताए । सर्ट फिल्म राम्रो भए ‘मेरी बास्सै’मा पनि यस क्यारेक्टरलाई उतार्नेपनि हास्य अभिनेता कट्टेलले बताए ।
सर्ट फिल्म ‘जुल्फेको घर’मा हास्य अभिनेता कट्टेलका साथमा अभिनेत्री ऋचा शर्मा, पत्रकार प्रेम बानियाँ, रमेश अधिकारी, सुरवीर पण्डित, कमला रेग्मी, माधव पण्डित, शान्ति बस्नेत, बसन्त भट्ट, बिपना बस्नेत, रमेश अधिकारी, कमला रेग्मी लगायतका कलाकारहरुले मुख्य अभिनय रहेको छ । 
ह्याबिट्याक फर ह्युमानिटी नेपालले निर्माण गरेको सर्ट फिल्म ‘जुल्फेको घर’ देशैभरी प्रोजेक्टरबाट देखाइने बताइएको छ । भने असारमा सबै टिभी च्यानलहरुबाट पनि प्रसारण गरिने छ । त्यस्तै जुल्फेको घरलाई सबटाइटल गरेर लगभग ७० वटा देशहरुमा देखाउने निर्माण पक्षले जनाएको छ ।

ad

प्रतिक्रिया