Bisal Chautari Logo

बारी जोत्दम जोत्दै एक महिला र गोरुको ज्यान गयो, कारण यस्तो छ

- २७ आश्विन २०७४, शुक्रबार १२:२७ मा प्रकाशित


A woman and a boy were killed
विशाल चौतारी समाचार
सल्यान, २०७४ असोज २७ शुत्रबार । करेन्ट लागेर सल्यानमा एक महिलाको घटना स्थलमा नै ज्यान गएको छ ।
बिहीबार बिहान बाँझो बारी जोत्दै गर्दा शारदा नगरपालिका वडा नम्बर ६, खातीगाँउमाको ज्ञान बहादुर  वलीकी ५० वर्षकी श्रीमती मंगली कुमारी  वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
करेन्ट लागेर मंगली कुमारीका श्रीमान् घाइते भएका छन् । यस्तै जोत्दै गरेको एउटा गोरुसमेत मरेको प्रहरीले जनाएको छ ।
गोरु लिएर बाँझो बारी जोत्न क्रममा बारीको बिचमा गाडेको फलामको बिजुलीको पोलबाट करेन्टको झट्का लागेर ज्ञान बहादुर  वलीलाई बारीको डिलमा फालिदिएको थियो । श्रीमानलाई बचाउन जाँदा उनकी श्रीमती मंगलीलाई करेन्ट लागेर बारीमा नै टाँसिएर ज्यान गएको हो ।
मृतकका श्रीमानले चप्पल लगाएका कारण बाँच्न सफल भएको तर श्रीमती खाली खुट्टामा नै भएकाले करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । घाइते ज्ञानबहादुरको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको

प्रतिक्रिया