Bisal Chautari Logo

भारतको झन्डा भएको टोपी लगाएर ‘जय नेपाल’ भन्छ, नेपाल प्रहरी

- २७ आश्विन २०७४, शुक्रबार ०५:५४ मा प्रकाशित


Nepal Police
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २७ शुत्रबार । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने सङ्केत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता सङ्केत भेटिएपछि भने पत्याउनै पर्ने हुन्छ । आजको नागरिक दैनिकमा खबर छ ।
कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झन्डा (तिरंगा), ‘मेरा भारत महान्, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै सङ्केत भेटिन्छन् । ती सङ्केत टोपीको भित्रपट्टी राखिएका छन् ।
अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ । आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षौंदेखि शिरमा राख्दै आइरहेका छन् ।
उनीहरूलाई यसबारे जानकारी नभएर हो वा सङ्गठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ ।
सङ्गठनको तल्लो तहका जवान मात्रै होइन, प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता सङ्केत भेटिएका छन् ।

प्रतिक्रिया