Bisal Chautari Logo

अफगानिस्तानमा सेनाले गरेको हवाई कारबाहीमा १८ आतंककारी मारिए

- २४ आश्विन २०७४, मंगलवार १२:२९ मा प्रकाशित


Kill 18 terrorists in aerial action
विशाल चौतारी समाचार
अफगानिस्तान २०७४ असोज २४ मंगलबार । मङ्गलबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १८ आतंककारी मारिएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा कारबाहीका क्रममा अरु १२ जना सशस्त्र हतियारधारी तालिबान घाइते भएका छन् ।
हवाई बलको सहयोगमा अफगान सुरक्षा बलले बाल्ख प्रान्तको चामताल जिल्लाको तालिबान लुकेर बसेका कैयौँ गाँउमा गरेको यस कारबाहीको क्रममा १८ विद्रोही मारिनुको साथै अन्य १२ जना घाइते भएका हुसानीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको हो ।
हालसम्म प्रान्त जानकारीअनुसार यस कारबाहीका क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत भएको छैन । तालिवानी आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । बाल्खमा पनि पछिल्ला केही दिनयता तालिबानका हिंसात्मक क्रियाकलाप बढेको भन्दै सुरक्षा बलले निगरानी राख्न थालेको छ ।

प्रतिक्रिया