Bisal Chautari Logo

साङ्गीतिक यात्रामा संर्घष गर्दै सागर

- १५ बैशाख २०७१, सोमबार ०४:११ मा प्रकाशित


gautam sagar rai
काठमाडौं, १५ बैशाख । पछिल्लो समय प्राय: कलाकारहरु सफल हुनको एउटै कारण छ ‘संघर्षपछिको सफलता मिठो हुन्छ’ । यस्तै अनुभूति आजभोली पूर्वेली स्रष्टा गौतम सागर राई गर्दैछन्, । 
कुनै समय रुचि पूरा गर्न भारीसमेत बोक्ने गर्थे उनी तर राईले लोकसंगीतमा लागेर अहिले नामसगै दाम पनि कमाउन थालेका छन् । पूर्वेली लोकसंगीतमा छुट्टै पहिचान बनाउन सफल राईले भने, ‘संघर्ष र मिहिनेत  गरे फल साच्चै पाइदोरहेछ ।’
सोलुखुम्बु पावै–९ का राईले गायक बन्ने सपना सानैदेखि पालेका थिए । त्यसैले एसएलसी उर्तिण गर्नेवित्तिकै उनी काठमाडौं झरे । गायक तथा कविसमेत रहेका राईले भने, ‘गायक बन्नकै लागि २०६३ सालमा १८ सय ५० रुपैयाा बोकेर राजधानी आएको हुा । मेरो उद्देश्य गायक बन्ने भएकाले यहाा आएपछि रत्नराज्यलक्ष्मी क्याम्पस ‘आरआर’मा संगीत विषय लिएर भर्ना गरो ।’ उनका अनुसार त्यो १८ सय ५० त्यतिखेर एक साता सालु–नाम्चे भारी बोकेर कमाएको पैसा थियो । राजधानी छिरेको ठ्याक्कै दुई वर्षपछि उनले ‘दोधारे माया’ नामक एल्बम ल्याए । एल्बम बजारमा ल्याएपछि एउटा इच्छा पूरा भएको अनुभव भएको राइले बताए । उनले भने, ‘दोधारे माया मेरो पहिलो प्रयास भएकाले त्यति चर्चामा त आएन तर एल्बम ल्याएपछि सानैदेखि एउटा रुचि भने पूरा भएको महशुस भयो ।’
गायक तथा कवि राईले हालसम्म चार एल्बम ल्याइसकेका छन्, जसबाट उनले नामसागै दामसमेत पाइरहेका छन् । ‘दोधारे माया’ पछि ‘कान्छी मोरीलाई’ र ‘जीवन घामछायाा’ लोकगीति एल्बम ल्याएका राईले हालै दीलको ड्राइभर’ ल्याएका छन् । यहाासम्म आइपुग्दा उनले पूर्वेली लोकगीति क्षेत्रमा छुट्टै परिचयसमेत बनाएका छन् । गायक राई भन्छन्, ‘जीवन घाम छायाा एल्बम ल्याएपछि नै गायकका रुपमा चिनिन थालेको हुा । पछिल्लो एल्बम दीलको ड्राइभरले त मलाई स्टेज कार्यक्रममा पनि व्यस्त बनाउन थालेको छ ।

ad

प्रतिक्रिया