Bisal Chautari Logo

दिनदहाडै गोली हानेर निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या

- २३ आश्विन २०७४, सोमबार ११:२५ मा प्रकाशित


Gauctan’s murder, chairman of the construction business federation
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २३ सोमबार । राजधानीको व्यस्त ठाउँ बानेश्वरमा दिनदहाडै गोली हानेर हत्या भएका छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या भएको हो ।
गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको हो । गोली लागे पछि तुरुन्तै सिभिल अस्पताल पुराएको थियो । गाडी चढेर घरबाट बाहिर निस्किएको केहीबेरमै गौचनमाथि गोली प्रहार भएको थियो ।
यसरी दिनदहाडै गोली प्रहार गरी हत्या भएपछि बानेश्वर क्षेत्र आतंकित बनेको छ । गौचनलाई गोली प्रहार गर्ने समूहको एकीन नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

                                                                                                                             मृतक गैचन

प्रतिक्रिया