Bisal Chautari Logo

किन दिइयो ? दाइजोमा बेहुलालाई २१ वटा बिषालु सर्प

- २३ आश्विन २०७४, सोमबार ०९:०९ मा प्रकाशित


21 snakes  gift
एजेन्सी
काठमाडौँ, २०७४ असोज २३ सोमबार । बिहेमा बेहुली पक्षले बेहुलालाई दाइजोको रुपमा मूल्यवान चिजवस्तुहरु दिने गरेको त देखिएकै हो । तर यो दुनियाँमा यस्तो संस्कार पनि रहेछ जहाँ बिहेमा दाइजोको रुपमा बेहुलालाई विषालु सर्प दिइन्छ ।

                                                                                                                               फाइल फोटो

छिमेकी भारतको मध्यप्रदेशस्थित गौरिया समुदायमा प्रचलित रहेको छ, बिहेमा सर्प दाइजो दिने प्रथा । सपेरो समुदायहरुले यो परम्परा सदियौंदेखि निर्वाह गर्दै आएका छन् । यो समुदायमा बेहुलीका पिताले बेहुला पक्षलाई सगुनका रुपमा २१ वटा विषालु सर्प दिन्छन् ।
सपेरो समुदायमा सर्पको ठूलो महत्व छ । सर्प दाइजो दिएपछि तिनै सर्प नचाएर ज्वाइँले छोरी पाल्न सक्छ भन्ने विश्वास गरिन्छ । छोरीको बिहे पक्का भएसँगै केटीका बुवा सर्पको खोजी गर्न थाल्दछन् र २१ वटा सर्प जम्मा पार्दछन् ।
बिहेको दिनसम्म २१ वटा सर्प जम्मा पार्न सकिएन भने तोकिएको दिनमा बिहे नै हुन सक्दैन । बिहेमा दाइजो दिइने सर्पहरु विभिन्न प्रजातिका विषालु सर्पसमेत हुने गर्दछन् ।

 

प्रतिक्रिया