Bisal Chautari Logo

गाईले नै मारेको हो मान्छे ?

- २२ आश्विन २०७४, आईतवार १०:५१ मा प्रकाशित


One dead find
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २२ आइतबार । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– १ स्थित एउटा गाई गोठमा आज बिहान एकजना मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय पदमलाल आचार्यको ५० वर्षीय छोरा उद्वव आचार्य आफ्नै गाई बस्तु बाँध्ने गोठमा बिहान मृत अवस्थामा फेला परेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाउनुका साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया