Bisal Chautari Logo

आफुलाई जिस्क्याउने साथै सेल्फी खिच्छिन् यी युवती, कारण यस्तो छ

- २१ आश्विन २०७४, शनिबार ०७:०८ मा प्रकाशित


beautiful girl shoot selfi 
एजेन्सी
काठमाडौँ, २०७४ असोज २१ शनिबार । अलि राम्री केटी देख्यो की अल्लरे युवाहरु जिस्क्याउने, सिट्ठी मार्ने, अश्लिल संकेत गर्ने गर्दछ । युवाहरु मत्रै नभएर उमेर ढल्केका बुढाहरुले समेत राम्री केटी देख्यो भने जिस्काउने गर्दछ । नेपालमा मात्रै नभएर जुनसुकै देशमा पनि बाटोमा हिँड्दा वा कहीं सार्वजनिक स्थानमा हुँदा महिला देखेपछि जिस्क्याउने पुरूष छन्। यसरी बाटामा हिँड्दा जिस्क्याउने, सिट्ठी मार्ने, अश्लिल बोल्ने पुरूषलाई कति महिलाले प्रतिवाद गर्छन् भने कतिले वेवास्ता।
तर एम्सटरड्यामकी २० वर्षीय विद्यार्थी नोआल जान्स्माले भने यसरी बाटामा सिट्ठी मारेर जिस्क्याउने, अश्लिल संकेत गर्ने र बोल्ने, यौन सम्पर्कको प्रस्ताव राख्ने र बाटै छेक्ने जस्ता हर्कत गर्ने पुरूषसँग ‘सेल्फी’ खिच्छिन । ती तस्बिर उनले आफ्ना इन्स्टाग्राम फेसबुक लगायतका सामाजिक संजालमा ती पुरूषले भनेका वाक्यसहित पोस्ट गर्छिन्।
‘मलाई बाटामा यसरी जिस्क्याउँदा के गर्नुपर्छ भन्ने थाहा थिएन। म अलमल्ल पर्थें, रिस उठ्थ्यो तर उनीहरूविरूद्ध जाँदा झन् समस्या आउन सक्थ्यो,’ नोआले भनिन्, ‘म यसै हिँड्न पनि सक्दिनँ थिएँ। उनीहरूले जे भन्यो त्यही गर्न पाए जस्तो। र, मैले उनीहरूसँग सेल्फी खिच्न थालें।’
आफूले सेल्फी खिच्ने भन्दा धेरै पुरूष खुसी हुँदै आएका उनले बताएकी छन्। तस्बिर किन खिचेको भनेर उनलाई कसैले सोधेनन् र, उनले बताइनन् पनि।
जहिले यसरी जिस्क्याउने पुरूषका कारण कति महिला मानसिक तनाव झेलिरहेका छन् भन्ने सोचेर उनले नौलो जुक्ति फुराइन् र सेल्फी सार्वजनिक गर्ने भइन्। उनले भनिन्, ‘यी तस्बिरमार्फत् ती पुरूषको बदनाम गर्नु मेरो उद्देश्य होइन। मैले मात्र उनीहरूको व्यवहारको प्रतिक्रिया दिएको हो। आफ्ना कुरा राखेको हो।’
ती पुरूषले आफ्ना तस्बिर हटाइदिन भन्छन् भने आफूले हटाइदिने बताउँदै नोआ भन्छिन् ‘म उनीहरूको जीवन समस्यामा पार्न चाहन्नँ। यो ऐना जस्तो हो, उनीहरू सडकबाटै सबैको अगाडि मेरो व्यक्तिगत जीवनमा आए, त्यसैले म उनीहरूकोमा आउँदैछु।’
दैनिक यी समस्या भोग्ने महिलामा उनी सचेतना फैलाउने अभियान चलाउन चाहन्छिन्। ‘यो विश्वव्यापी समस्या हो,’ उनले भनिन्।

प्रतिक्रिया