Bisal Chautari Logo

नेपालको चाँदीको मूर्ति भारतले चोरे

- २१ आश्विन २०७४, शनिबार ०६:३० मा प्रकाशित


India steal the silver prices of Nepal
विशाल चौतारी समाचार
विराटनगर, २०७४ असोज २१ शनिबार । चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
                                                                                                                                फाइल फोटो

भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सेतो कपडामा बेरेर शरीरका विभिन्न भागमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सुराकीका आधारमा इप्रका रानी विराटनगरको टोलीले साहलाई पक्राउ गरेको हो ।
साहका साथबाट रु एक लाख ३० हजार ४२० मूल्य पर्ने चाँदीका मूर्तिका साथै पूजाका सामग्री अन्दाजी दुई किलो १६२ ग्राम बरामद गरिएको छ । रासस

प्रतिक्रिया