Bisal Chautari Logo

बस र रेल ठोक्किदा १९ को मृत्यु

- २० आश्विन २०७४, शुक्रबार ११:०३ मा प्रकाशित


Bus and railway robbery died in 19
विशाल चौतारी समाचार
मस्को, २०७४ असोज २० शुक्रबार । रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको समाचार छ ।
रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किन पुगेका थिए ।
यस दुर्घटनाको बारेमा क्षेत्रीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । स्थानीय समायाअनुसार शुक्रबार बिहानीपख करिब साढे ३ बजे सो दुर्घटना भएको थियो ।
प्राप्त पछिल्लो समाचार अनुसार उक्त दुर्घटनामा १९ व्यक्तिको मृत्यु भएको क्षेत्रीय स्वास्थ्य सेवाका प्रमुख एलेस्एन्ड्रे किर्युखिनले तास समाचार समितिलाई बताउनु भएको छ ।
गृह मन्त्रालयले प्रकाशित गरेको एक विज्ञप्तिअनुसार यस दुर्घटनामा परी मारिएका व्यक्तिहरुमा बस र रेल दुबैका यात्रुहरु रहेका छन् । (रासस÷एएफपी)

 

प्रतिक्रिया