Bisal Chautari Logo

कांग्रेसलाई लोप्पा खुवाए महन्त ठाकुर र उपेन्द्र यादवले

- २० आश्विन २०७४, शुक्रबार ०९:४४ मा प्रकाशित


political news 
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २० शुक्रबार । माओवादी, एमाले र नयाँ शक्ति नेपालले चुनावी गठबन्धन गरेको भोलीपल्ट नै कांग्रेसले पनि छ दलिय प्रजातान्त्रिक गठबन्धन गरेको थियो तर राष्ट्रिय जनता पार्टी नेपाल राजपा र संघीय समाजबादी फोरमले छुट्टै गठबन्धन बाउने भएको छ । राजपा र संघिया समाजवादी फोरम कांग्रसका गठबन्धनका मुख्या पार्टी हुन ।

आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी गठबन्धन बनाउने सहमति गरेको हो । राजपा संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै दल निर्वाचनमा साझा उम्मेदवार उठाउन सहमत भएको जनाएका हुन् ।
जारी विज्ञप्तिमा अन्य पार्टी, मोर्चा वा गठबन्धनमा तालमेल गर्नुपरे संयुक्त रुपमा सहभागि हुने उल्लेख छ । राजपा र फोरमको नयाँ निर्णयसँगै नेपाली कांग्रेसको नेतृत्वमा बन्ने भनिएको लोकतान्त्रिक गठबनधन कमजोर बन्ने देखिएको छ ।

 

प्रतिक्रिया