Bisal Chautari Logo

ओसामा बिन लादेनको कान्छो छोरो यस्तो छ । त्यासैले गदैछन् मार्ने तयारी

- १९ आश्विन २०७४, बिहीबार ०८:२४ मा प्रकाशित


Osama bin Laden is the youngest son.
एजेन्सी
काठमाडौँ, २०७४ असोज १९ बिहिबार । सन् २०११ ओसामा बिन लादेनलाई मारे पनि उनका तीन छोरालाई छोडिएको थियो । यी मध्ये एकले सबैकुरा त्यागिदिए भने दोस्रो छोराको मृत्यु भयो । तर तेस्रो कान्छो छोराले लादेनको पदचिन्हमा हिँड्न सुरु गरे ।

अब २८ वर्ष पुगिसकेका हमजा लादेनले बनाएको आतंककारी संगठन अल–कायदाका शीर्ष नेता हुन् र चाँडै नै उनलाई उक्त संगठनको आधिकारिक रुपमा कमाणड दिइने सम्भावना रहेको छ । बेलायती मिडियाको रिपोर्टलाई मान्ने हो भने गठबन्धन सेनाले हमजालाई ‘जिउँदो वा मृत पक्राउ गर्न’ एक गोप्य अभियानमाथि काम गरिरहेको छ ।
रिपोर्टका अनुसार सिरियामा सक्रिय यो गठबन्धन सेनाको मोस्ट वान्टेड आतंककारीको सूचीमा हमजा शीर्ष स्थानमा छन् । सिआइएले पनि लादेनको मृत्यु पछि हमजालाई अल–कायदाको मुखिया बनाउन सकिने आशंका गरिएको छ । ओसामा बिन लादेनले सन् २०११ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी हमलाको जिम्मेवारी लिएका थिए । त्यसको १० वर्षपछि यूएस नेवी सिल्सले एबटाबादमा लादेनको निवासमा नै हमला गरेर उनको हत्या गरेको थियो ।
‘द एक्सप्रेस ट्रिब्यून’ का अनुसार गुप्तचर एजेन्सीले हमजा अब पूर्ण रुपमा सक्रिय भइसकेको र उनी आफ्नो पिताको हत्याको बदला लिनका लागि पश्चिमी देशमा ठूलो हमलाको तयारी गरिररहेको भनी चेतावनी जारी गरेको छ । हमजालाई सन् २०१५ मा लण्डनमा भएको आतंककारी हमलाको तारिफ गरिएको एक भिडियोमा देखिएको थियो । गुप्तचर एजेन्सीले प्राप्त गरेको जानकारी अनुसार हमजा सिरियामा छन् जसपछि सिआइएले उनलाई यूएसको टेरर वाच लिष्टमा समावेश गरेको छ ।
बेलायती मिडियाको रिपोर्ट अनुसार गुप्तचर एजेन्सीले जुनियर लादेनबारे यसै वर्ष मे महिनामा पत्ता लागेको हो र उनले पश्चिमी देशमाथि बदला लिनका लागि हमलाको तयारीमा छन् भन्ने कुरा पुष्टि भइसकेको बताइएको छ । अब हमजा गठबन्धन सेनाका १० हाई भ्यालु टारगेट्समध्येका एक हुन् । सेनाले करिब ४० स्पेशल एयर सर्भिस सोल्जर्सलाई सिरियामा हमजाको खोजीका लागि गोप्य मिसनमा पठाएको छ । यी विशेष टोलीसँग यस्ता हाइटेक स्पाई प्लेन र ड्रोन छन् जसले रेडियो कम्युनिकेशन सिग्नल पनि पक्रन सक्छन् ।

प्रतिक्रिया