Bisal Chautari Logo

देउवाले प्रचण्डालाई दिए यस्तो ठुलो अफर, प्रचण्डले के भने?

- १९ आश्विन २०७४, बिहीबार ०७:०९ मा प्रकाशित


Duba such a great offer  Prachanda
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १९ बिहिबार । एमालेसँग तालमेल र पार्टी एकिकरण गर्ने समाझदारी गरेपछि माओवादी अध्यक्ष प्रचण्डलाई देउवाले नयाँ अफर दिएको छ । प्रधानमन्त्री देउवाले आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावमा एमाले लगायत अरु कुनै दलसँग नभई आफूसँग मात्र तालमेल गर्नुपर्ने र तालमेल पछि प्रचण्डलाई नै फेरि प्रधानमन्त्री बनाउँने ढिपी गरे । तर, प्रचण्डले त्यो अफरलाई ठाडै अस्वीकार गरेर छन् ।
प्रधानमन्त्री देउवाले आगामी निर्वाचनको तालमेल पछि जसरी भएपनि प्रचण्डलाई तेस्रो पटक प्रधानमन्त्री प्रधानमन्त्री बनाउने र काँग्रेसकै गठबन्धनलाई दीर्घकालसम्म लैजाने र प्रस्ताव राखेकाछन् । तर, अध्यक्ष प्रचण्डले एमालेसँगको सम्बन्धलाई टुटाएर कुनै पनि हालतमा काँग्रेससँग तालमेल गर्न नसकिने प्रष्ट पारेका छन् । तर, पनि प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनावमा माओवादी–काँग्रेसको सहकार्य कति राम्रो देखिएको थियो भन्दै तालमेल गर्न अनेकौं प्रलोभन देखाएपनि प्रचण्डले ‘नो’ भन्दै बहकिएका छन् ।
आगामी चुनावमा काँग्रेस–माओवादीले एकपटक फेरि तालमेल गरेर नयाँ झल्को दिने र नयाँ कार्यको थालनी गर्ने देउवाको भने मनसाय रहेको छ । प्रचण्डसँगको भेटघाटमा चुनावी तालमेल पछि फेरि पनि प्रधानमन्त्री बनाउँने प्रस्ताव गर्दा प्रचण्डले उल्टै अब उप्रान्त आफूसँग यस्तो कुरा नगर्न सुझाव दिँदै उनले नमानेको देउवाले बताए । ‘मलाई उहाँले यस्तो प्रतिक्रिया दिनुहोला भन्ने थिएन । तर, उहाँ त अन्तै बहकिइसक्नु भएको रहेछ । पछि पो थाहा पाए, उहाँ त शक्तिको दबाबमा गठबन्धन तोड्ने संकेत पो देखाउँदै हुनुहुँदोरहेछ ।’
तरपनि आफूले अझै केही नबितेको सम्झाउँदै फेरि पनि तालमेल गर्न पटक पटक आग्रह गरे। देउवाले भने ‘तालमेल पनि गरौँ, फेरि प्रधानमन्त्री बनाउन हाम्रो पार्टी तयार छ । म पनि तयार छु । यसैगरि मैले प्रचण्डलाई भनेको हुँ । तर, प्रचण्डजीले गठबन्धन तोड्ने निर्णय गरेरै भेटन आउनुभएको रहेछ, मान्दै मान्नु भएन । ’

 

प्रतिक्रिया