Bisal Chautari Logo

निर्देशक आचार्यलाई आमाको मुख हेर्ने दिनमा पितृ शोक

- १६ बैशाख २०७१, मंगलवार ०६:५६ मा प्रकाशित


bikash acharya
विशाल चौतारी समाचार 
काठमाडौं, १६ बैशाख । नेपाली चलचित्र निर्देशक विकाश आचार्यलाई आमाको मुख हेर्ने दिनमा पितृ शोक परेको छ । निर्देशक आचार्यका पिता देविप्रसाद आचार्यको ८४ वर्षको उमेरमा आज बुधवार बिहान निधन भएको हो । 
पछिल्लो समयमा चलचित्र ‘नाईं नभन्नु ल २’को गीत चर्चामा रहेको छ । प्रसंग बस सो गीतले सोही चलचित्रका निर्देशक आचार्यलाईपनि छोएको छ । 
मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ
मान्छे नमर्ने शहर हुँदैन ।।
मुटुको समस्याबाट पीडित आफ्नो बुबाले आमालाई असाध्यै माया गर्ने गरेको निर्देशक आचार्यले बताए । आचार्य गहभरी आसु पार्दै भने ‘तर आमा औंशीकै दिन उहाँले सबैलाई छाडेर जानुभयो ।’ पिताको निधन भएपश्चात निर्देशक आचार्य आज गृहनगर विराटनगर पुगेका छन् । निर्देशक आचार्यका ५ दाजुभाई छन् । जसमध्ये निर्देशक आचार्य साईंला छोरा हुन् भने जेठो छोरा शैलेश आचार्य पनि चलचित्र निर्देशक हुन् । उहाको दु:खद घडीमा दिवांगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति विशाल चौतारी परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

ad

प्रतिक्रिया