Bisal Chautari Logo

५९ जना मारे र ५०० भन्दा बढि घाइते बनाए, तर किन आतंकवादी भनिएन ? कारण यस्तो छ ।

- १८ आश्विन २०७४, बुधबार ०८:२१ मा प्रकाशित


59 killed and more than 500 injured
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १८ बुधबार । लास भेगस गोलीकाण्डबारे विवरणहरु सार्वजनिक भएपछि त्यसमा संलग्न बन्दुकधारी स्टिभन प्याडकलाई ’आतंकवादी’ किन नभनिएको भन्ने बहस अनलाइनमा शुरु भएको छ।आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड भनिएको उक्त घटनामा ५९ जना मारिनुका साथै ५०० जनाभन्दा बढी घाइते भएका छन्।
प्याडकले एउटा होटलको ३२ औं तल्लामा रहेको कोठाबाट त्यहाँ नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली चलाएका थिए।
सञ्चारमाध्यमहरुमा ६४ वर्षीय ती आक्रमणकारीलाई आतंकवादी नभनी एक्लै गर्ने व्यक्ति एक हजुरबुवा एक जुवाडे र एक पूर्व लेखापाल भनेर चित्रित गरिंदैछ।
प्याडकले आक्रमण गर्नुको कारण अहिलेसम्म थाहा हुन सकेको छैन र उनको सम्बन्ध अन्तर्रा्ष्ट्रिय आतंकवादी समूहसँग भएको कुनै संकेत पनि देखिएको छैन।अधिकारीहरुका अनुसार प्याडकको मानसिक अवस्था बिग्रेको पनि पुष्टि भएको छैन।
सामाजिक सञ्जालमा धेरैले भन्न थालेका छन् प्याडक यदि मुस्लिम भएको भए अनुमानकै आधारमा इस्लामवादी आतंकवादसँग जोडेर तत्काललै उनलाई आतंकवादीको संज्ञा दिइन्थ्यो।प्रसिद्ध कलाकार, ख्यातिप्राप्त टेलिभिजन प्रस्तोता र प्राज्ञहरुले लास भेगस गोलीकाण्डको हकमा त्यस्तो किन भएन भनेर बहस गरिरहेका छन्।
नेभाडा राज्यको कानून अनुसार ’आतंकवादी कार्य’लाई यसरी व्याख्या गरिएको छ ।कुनै कार्य जसमा हिंसाबाट आमनागरिकमा ठूलो शारीरिक क्षति वा मृत्यु निम्त्याइन्छ। अमेरिकी संघीय कानून अनुसार आन्तरिक आतंकवाद भन्नलाई तीनवटा कुरा भएको हुनुपर्छः त्यस्तो गतिविधि जसले संघीय तथा राज्य कानूनको उल्लंघन गर्छ र मान्छेको ज्यानको लागि खतरनाक हुन्छ, नागरिक अथवा सरकारलाई खतरा र्पुयाउने वा बाध्य पार्ने नियत राखिएको हुन्छ र जुन मुख्यतः अमेरिकी भूभागमा हुन्छ। उसो भए के महत्त्वपूर्ण पक्ष भनेको आक्रमणकारीले ठूलो स्तरमा नोक्सानी र्पुयाउने प्रयास गर्नुमात्रै नभई सरकारलाई प्रभावित पार्ने प्रयास पनि गरेको हुनुपर्छ र अझ निश्चित विचारधाराको पनि हुनुपर्छ?
सामाजिक सञ्जालमा धेरैले आतंकवादी कार्य’सम्बन्धी नेभाडा राज्य कानूनको परिभाषा राखेर प्रश्न गरिरहेका छन्, लास भेगास प्रहरीका शेरिफ जो लोम्बार्डाले किन यसो भनेः हामीलाई थाहा छैन उनको आस्था के थियो। अहिले हामीलाई के विश्वास छ भने उनी एक्लैले आक्रमण गरेका थिए, उनी एक्लै गर्ने खालका थिए। लास भेगस गोलीकाण्डपछि सामाजिक सञ्जाल ट्वीटरमा लोन वुल्फ अर्थात् एक्लैले गर्ने’ शब्द २ लाखभन्दा बढी पटक प्रयोग गरिएको छ भने ’आतंकवादी आक्रमण’ शब्द १ लाख ७० हजार पटक प्रयोग गरिएको छ।
श्वेत जातिका संदिग्ध र अरु वर्णका मानिसका लागि प्रयोग गरिने शब्दमा स्पष्ट भिन्नता किन देखिएको भनेर सामाजिक सञ्जालहरुमा प्रश्न गरिएका छन्।
इण्डोनेसियाका मुर्सल लेख्छन्, उनलाई एक अन्तर्रा्ष्ट्रिय आतंकवादी ठानिएको छैन? शायद उनको अनुहार अरबी जस्तो नदेखिएर होला।
अमेरिकी मुस्लिम महमुद एलावादीले गोलीकाण्डबारे सुनेर आफू दुःखी भएको बताउँदै लेखेका छन् । आतंकवादी श्वेत जातिका र ईसाई धर्मावलम्बी भए उसलाई तत्कालै मानसिक रोगी भनिन्छ र सबैकुरा सामान्य पारिन्छ। बीबीसी

 

प्रतिक्रिया