Bisal Chautari Logo

पाँचजना जुवाडे पक्राउ

- १८ आश्विन २०७४, बुधबार ०६:२९ मा प्रकाशित


Arrest five gamblers
विशाल चौतारी समाचार
पोखरा, २०७४ असोज १८ बुधबार । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा लेखनाथ महानगरपालिका– १४ छिनेडाँडा शान्ति टोलबाट पाँचजना जुवाडेलाई मंगलबार पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ३४ हजार ३४८ बरामद गरेको छ ।
स्थानीयवासी विष्णुमाया तामाङको घरबाट जुवा खेलिरहेका सुराकीको आधारमा पक्राउ पर्नेमा पोखरा १४ छिनेडाँडाका मनोज तामाङ, वुद्धिमान तामाङ, हरिदेव शर्मा र राजकुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।
यसैगरी पोखराबाट काठमाडाँै जान लागेका एकजना भारतीय नागरिक पाँच लाख ३२ हजार ५०० भारुसहित पक्राउ परेका छन् ।
काठमाडाँै जान लागेका भारतको पश्चिम बंगाल कोलकताका ३६ वर्षीय कृष्नेदु बेनर्जीलाई अवैद्य भारतीय रुपैयासहित पोखरा विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।
थप अनुसन्धान र कारवाहीका लागि पक्राउ परेका व्यक्ति र रकमसहित मंगलबार राजश्व अनुसन्धान विभाग काठमाडाँै पठाइएकोछ ।

प्रतिक्रिया