Bisal Chautari Logo

पार्टीका जिल्ला सदस्याले नै लागाए एमाले पार्टीको कार्यालयमा तालाबन्दी

- १७ आश्विन २०७४, मंगलवार ०९:०८ मा प्रकाशित


UML party lockdown
विशाल चौतारी समाचार
गुलरिया, २०७४ असोज १७ मंगलबार । एमाले पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । विहान १० बजे जिल्ला कमिटी सदस्य अमर बहादुर खड्काले पार्टी कार्यालयको मुलद्वारमा तालाबन्दी गरेका हुन् । खड्काको अगुवाईमा अध्यक्ष हरी प्रसाद ज्ञवालीको राजीनामा माग्द जिल्ला पार्टी कार्यलया तालाबन्दी गरेका हो ।
प्रदेश निर्वाचनमा टिकट वितरणमा पक्षपात भएको भन्दै असन्तुष्ट पक्षले तालाबन्दी गरेको पार्टीका कार्यकर्ताले बताए । निर्वाचन जित्नेलाई टिकट नदिने भन्दै उनीहरुले विरोध जनाउँदै आफ्ना माग अघि सार्न तालाबन्दी गरेका हुन् । सदस्य खड्काले अध्यक्ष ज्ञवालीले गत स्थानीय निकायको निर्वाचनमा गुलरिया नगरपालिकाको मेयरमा पराजित भएकाले पार्टी चलाउन नसक्ने बताए ।
राजिनामा नदिएसम्म अनिश्तिकालिन तालाबन्दी जारी रहने उनले भने, ‘पार्टी अध्यक्षले राजिनामा नदिए सांसदका उम्मेदवार वामदेव गौतमलाई समेत असर पर्ने छ ।’ तालाबन्दी गरेकोमा पार्टी्भित्र खड्काको कडा आलोचना भएको छ । पार्टी अध्यक्ष ज्ञवालीले जिल्ला कमिटी सदस्यले कार्यालयमा तालाबन्दी गर्नु अनुशासन विपरित भएको बताए । स्थानीय तहबाट प्रदेश सभाकालागि सिफारिस आएपनि जिल्ला समिटीबाट कुनै निर्णय नहुँदै यस्ता अवाञ्चित काम गर्नु उचित नभएको उनले भने, ‘जिल्ला कमिटीको बैठकमा बसेर छलफल नहुँदै तालाबन्दी गर्नेले आफैले खोल्नु पर्छ ।’

प्रतिक्रिया