political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १७ मंगलबार । एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा सभा आजै साँझ ५ बजे हुने भएको छ । पार्टीका शीर्ष नेताहरु ललितपुरको एक घरमा गोप्य छलफल गरी पार्टी एकताको अन्तिम टुङ्गो लागेको हो।
छलफलमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डसहित नेता नरायाकाजी श्रेष्ठ, रामबहादुर थापा, बादल छन भने एमालेका तर्फबाट अध्यक्ष केपी ओली, नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहभागि रहेका थिए ।
छलफलमा पाटी एकता संयोजन समिति गठन गर्ने दुइ दलबीच सहमति भएको छ । छलफलपछि नेता नाराणकाजी श्रेष्ठले कार्यगत एकताको संयुक्त घोषणा आजै ५ बजे गरिने बताए ।
उनले घोषणा सभामा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन र पार्टी एकताबारे स्पश्ट पारिने बताए । छलफलमा घोषणा सभामा दुवै पक्षका नेताहरु सहभागि हुनेछन् ।
प्रतिक्रिया