Bisal Chautari Logo

एमाले र माओवादी केन्द्रबिच एकता हुन्छ ? यस्तो छ सात बुदे सहमती

- १७ आश्विन २०७४, मंगलवार ०६:०२ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १७ मंगलबार । नेकपा एमाले र माओवादी केन्द्रबीच सहकार्य र पार्टी एकताका लागि सहमतिको खाका तयार भएको छ । सोमबार दिनभरको दुई पार्टीका नेताहरुबीचको छलफल तथा बैठकले सहमतिको खाका तयार गरेको हो ।

अध्यक्ष र पदाधिकारी स्तरमा पटक पटक छलफल भएपछि सात बुदे सहमति समेत गरेकाछन् । सहमति अनुसार तत्काल एकता नभए चुनावी तालमेलमा जाने र निर्वाचनपछि एकता गरेर अन्य पार्टीलाई पनि सामेल गराउने सहमति भएको छ ।
यस्तो छ सात बुँदे सहमति
१ चुनावी गठबन्धन र सकेसम्म पार्टी एकता गरेर अघि बढ्ने, प्रतिनिधिसभा र प्रदेश सभामा वाम, प्रगतिशील र राष्ट्रवादी शक्तिबीच चुनावी गठबन्धन बनाउने ।
२ निर्वाचनमा नयाँ शक्ति र फोरमलगायतका शक्तिलाई दिइनेबाहेक बाँकी सिटमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सिट लिने ।
३ गठबन्धन र एकतामा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलगायतका दल र शक्तिलाई पनि सामेल गराउने, हृदयेश त्रिपाठीलाई पनि समेट्ने ।
४ पार्टी एकताका लागि सर्वपक्षीय प्रतिनिधित्व हुने गरी १० सदस्यीय एकता संयोजन समिति बनाउने । समितिमा एमालेका तर्फबाट पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनालसहित नेता वामदेव गौतम, माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल, नयाँ शक्तिबाट डा बाबुराम भट्टराई तथा संघीय समाजवादी फोरमबाट उपेन्द्र यादव र अशोक राईले प्रतिनिधित्व गर्ने ।
५ पार्टी एकता भएमा एमाले र माओवादी केन्द्रका अध्यक्षको हैसियत समान रहने, दुईमध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने ।
६ निर्वाचन आयोगले सहमति दिए एउटै चिह्नबाट दुवै दलले प्रत्यक्ष र समानुपातिकतर्फ चुनाव लड्ने, आ(आफ्ना चुनाव चिह्नबाट उम्मेदवारी दिएको अवस्थामा पनि निर्वाचनपछि पार्टी एकता गर्ने ।
७ निर्वाचनअघि नै सरकार परिवर्तनको पहल गर्ने, राष्ट्रिय सहमतिको आधारमा सर्वदलीय चुनावी सरकार गठन गर्ने विषयलाई प्रस्तावको रूपमा अघि बढाउने ।

प्रतिक्रिया