Bisal Chautari Logo

दशैँमा रमाइलो गर्ने क्रममा विवाद बढेपछि खुकुरी प्रहार, तीन घाइते

- १६ आश्विन २०७४, सोमबार ११:२२ मा प्रकाशित


Sword strike, three injured
विशाल चौतारी समाचार
नुवाकोट, २०७४ असोज १६ सोमबार । ककनी गाउँपालिका– २ ठूलीतित्रीमा खुकुरी प्रहारबाट तीन युवक घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
                                                                                                                                फाइल फोटो

दशँै पर्वको अवसरमा गएराति मादक पदार्थ सेवन गरी रमाइलो गरिरहेका युवाबीच विवाद बढेर झगडा हुँदा स्थानीयवासी ३७ वर्षीय भीमबहादुर तामाङ, ३४ वर्षीय राजु तामाङ र ३३ वर्षीय सन्तमान तामाङ घाइते भएका हुन् । उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।
घाइतेको टाउको, अनुहार, आँखा, हातलगायतका स्थानमा गहिरो चोट लागेको छ । घटनामा संलग्नको पहिचान भइसकेकाले नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया