Bisal Chautari Logo

डोनल्ड ट्रम्पले भने–” तिमीले आफ्नो ऊर्जा जोगाऊ, हामीले जे गर्नुपर्छ त्यो गर्छौँ।”

- १६ आश्विन २०७४, सोमबार १०:४० मा प्रकाशित


America and North koria
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १६ सोमबार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विदेशमन्त्री रेक्स टिलर्सनलाई उत्तर कोरियासँग वार्ता गर्ने प्रयत्न गरेर समय खेर नफाल्न सुझाएका छन्।
यसअघि आइतवार टिलर्सनले उत्तर कोरियाको क्षेप्यास्त्र तथा पारमाणविक कार्यक्रमबारे वार्ताका लागि प्योङयाङसँग वाशिङटन ’सिधा सम्पर्क’मा रहेको बताएका थिए।
तर सामाजिक सञ्जाल ट्वीटरमा उत्तर कोरियाली नेता किम जङ(अनलाई ’सानो रकेट मान्छे’ भन्दै ट्रम्पले टिलर्सनलाई आफ्नो ऊर्जा जोगाउन सुझाव दिएका छन्। ट्रम्पले भनेका छन् “रेक्स तिमीले आफ्नो ऊर्जा जोगाऊ, हामीले जे गर्नुपर्छ त्यो गर्छौँ।“
ट्रम्पको ट्वीटपछि समाचार संस्था रोएटर्ससँग कुरा गर्दै एक अमेरिकी अधिकारीले उत्तर कोरियाले ’उक्साहटपूर्ण’ गतिविधि जारी राखेका बेला वार्ता गर्ने उपयुक्त समय नभएको राष्ट्रपतिको विश्वास रहेको बताए।
ती अधिकारीका अनुसार उत्तर कोरियामा पक्राउ परेका अमेरिकी नागरिकहरुको रिहाई सुनिश्चित गर्नका निम्ति कूटनीतिक तवरबाट प्रयास गरिएको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्प र र उत्तर कोरियाली नेता किम पछिल्लो समय आरोप(प्रत्यारोपमा व्यस्त छन्।
पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको उत्तर कोरियाले आफ्नो अस्त्र विकास कार्यक्रम बन्द गरोस् भनी अमेरिका चाहन्छ।
चेतावनी
तर राष्ट्रपति ट्रम्पकै केही रवैयाका कारण वार्ता प्रयास फलदायी हुन नसकेको बताइन्छ। गत महिनामात्रै उनले वार्ता समस्या हल नभएको टिप्पणी गरेका थिए।
गत महिना उत्तर कोरियालाई नष्ट गरिदिने चेतावनी दिएका ट्रम्पले किम जङअनलाई आत्मघाती अभियानमा लागेका क्षेप्यास्त्र मान्छे भनेका थिए।
जवाफमा किम जङअनले ट्रम्पले संयुक्त राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको कुकुरको आवाज को संज्ञा दिएका थिए। बीबीसी

प्रतिक्रिया