Bisal Chautari Logo

आमाको दु:ख (Happy mothers day)

- १६ बैशाख २०७१, मंगलवार ०७:४४ मा प्रकाशित


Happy mothers day – Rk Adipta Giri
      कविता       
आमाको दु:ख
छातीमा असह्य व्यथा थुनेर 
आमा रातभरि रुँगिरहनुहुन्छ ।
छोराहरु कहाँ कहाँ पुगिसके
आमाको आशीर्वाद डोर्‍याउँदै
कुन कुन महासागरहरु तरिसके
जीवनको स्वर्ण आभा टिप्न
अनुहारमा कत्रो कत्रो खुसी टाँगिसके
सहस्राब्दीको
तर, आमाको परिवेश उस्तै छ ।
आमा , संशयको कालो आकासमुनि
आफ्ना सन्ततिहरुको 
अीस्तत्व तोपेर बसिरहनु भएको छ 
कस्ले सुन्न सक्छ ?
आमाका वीभत्स कथाहरु
कस्ले बुझ्न सक्छ ?
निर्ममतासित आमा कसरी बाँच्नु भएको छ,
कस्ले नाप्न सक्छ ?
आमाको आवाजमा कति अट्टाहास छ,
कस्ले पश्चाताप गर्छ ?
आमाको सल्किएको रुपको अड्चन ।
सबै आ–आफ्नो 
आकार, रुप बदल्न नित सजग छन्
बेकम्मा कस्ले गर्छ आमाको सुरक्षा ?
यिनै आर्तनादबीच आमा बाँचिरहनु भएको छ
तर, कस्ले बुझ्न सक्छ ?
आमाको दु:ख ।

AD

प्रतिक्रिया