Bisal Chautari Logo

भारतबाट नेपाल ल्याउन लागिएको २३३ थान तरवार बरामद

- १२ आश्विन २०७४, बिहीबार ०६:५० मा प्रकाशित


233 recovered the sword
एजेन्सी
काठमाडौँ, २०७४ असोज १२ बिहिबार ।
१२ असोज, काठमाडौं । भारतको अजमेरबाट रुपैडिया नाका हुँदै बाँकेको नेपालगञ्ज भित्र्याउन लागिएको २३३ थान तरवार भारतीय सुरक्षाकर्मीले बरामद गरेका छन् ।
                                                                                                                                  फाइल फोटो

मंगलबार र बुधबार दुई दिनको अवधिमा यति धेरै परिमाणमा तरवार बरामद भएको हो । भारतीय संचारमाध्यमका अनुसार अजमेरबाट नेपाल आउँदै गरेको बसमा जाँच गर्दा मंगलबार ८१ थान तरवार फेला परेका थिए । बुधबार पनि अजमेरबाटै नेपालतर्फ आउँदै गरेको बसबाट एक सय ५२ थार तरवार बरामद भएको छ ।
तरवार कसले र किन नेपाल ल्याउन लागेको हो भन्ने नखुलेको भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।
पर्यटक बसमा ती तरवार ओसारिएको बताइएको छ । विभिन्न बसमा गरिएको तलासीका क्रममा तरवार बरामद भएको भारतीय सुरक्षाकर्मीको भनाइ छ ।

प्रतिक्रिया