Bisal Chautari Logo

दशैँमा मासु खाँदा कसरी सावधानी अपनाउने

- १२ आश्विन २०७४, बिहीबार ०५:०३ मा प्रकाशित


How to use caution when eating meat
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १२ बिहिबार । वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ । देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ । तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ । त्यसैले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
जिल्ला पशु सेवा कार्यालय, चितवनका प्रमुख डा डिल्लिराम सेढाईं रोगी पशुको मासु खाएमा यसले दीर्घकालीन हानि पु¥याउनसक्ने बताउछन् । उनका अनुसार मासुका लागि निरोगी पशु चौपाया बध गर्नुपर्छ । सामान्यतः नाकबाट सिँगान बगाएको, झोक्राएको, निन्याउरो, खुट्टा टेकेर उभिन नसकेको, टाउको झुकेको, आँखा चम्किलो नभएको, आँखामा कचेरा आएका पशु रोगी हुने हुँदा त्यस्ता पशुको मासु खानु हँुदैन । कतिपय रोग पशुचौपायाबाट मानिसमा सर्ने बताए ।
क्षयरोग, बोकाको अण्डकोष सुनिने ब्रुसेलोसिस, टेपवर्मजस्ता रोग पशु चौपायाबाट मानिसमा सर्नेहुँदा निरोगी पशु छानेर मात्र मासु खान सेढाईंले सुझाव दिए ।
त्यसो त पशुचौपाया बध गरेपछि निरोगी भए पनि पकाउँदा ख्याल गर्नुपर्ने चिकित्सक बताउँछन् । मुख्यरुपमा पोलेका, तारेका, केमिकलको प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुनसक्ने उनीहरुको भनाइ छ । रासस

प्रतिक्रिया