Bisal Chautari Logo

कम्तिमा ८४ घण्टा भाषण गरि विश्व कीर्तिमान तोड्न अनन्तरामको दाबि

- १० आश्विन २०७४, मंगलवार १३:४३ मा प्रकाशित


Speech 84 hours to break world records
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १० मंगलबार । अनन्तराम केसीले ८४ घण्टा भाषण गरेर गिनिज बुकको विश्व कीर्तिमान तोड्ने घोषणा गरेका छन् । लायन्स क्लब अफ काठमाडौं विहानीले आयोजना गर्न लागेको लङ्गेष्ट म्याराथुन स्पिचमा भाग लिएर उनले यस्तो कीर्तिमान बनाउने उद्धघोष गरेका हुन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिईएको हो । कार्यक्रममा क्लबका अध्यक्ष नारायण रिजालले कार्यक्रम सफलताको लागि शुभकामना दिएका थिए । उनले भने,‘नेपालीहरुको शान र मानको लागि गौरवको विषय हो, यसले नेपालीहरुको शानलाई विश्वसामू उँचो बनाउन मद्दत पुर्याउँछ ।’
केसी अब लामो अवधिसम्म भाषण गरेर गिनिज वल्र्ड रेर्कडमा आफ्नो नाम लेखाउने तरखरमा छन् । ७५ घण्टा ३२ मिनेटको लामो भाषण गरेका भारत राजस्थान निवासी अश्विन सुडैनको रेकर्ड तोड्ने दाउमा छन् अनन्त । सकेसम्म १०० घण्टा नभए ८४ घण्टासम्म लगातार भाषण गरेर गिनिज वल्र्ड रेर्कडमा नाम लेखाउने दाउमा छन् ।
यस अघि भारतको राजस्थानका आश्विन सुडैनले अहिलेसम्म ७५ घण्टा ३२ मिनेट भाषण गरेर आफ्नो नाम गिनिज वल्र्ड रेकर्डमा लेखाइसकेका छन् । उनकै यो रेर्कड बे्रक गर्नको लागि सकेसम्म १०० घण्टा नभए कम्तिमा ८४ घण्टासम्म भाषण गर्ने योजना बनाएको छु उनले बताए ।
उनले आफूलाई अध्यात्म, स्वास्थ्य, योग जस्तो कुराहरुको ज्ञान भएकोले यही बारेमा भाषणा गर्ने जानकारी दिए । उनले भने,‘मैले यसमा धेरै कामहरु पनि गरिसेकको छु । त्यसैले म आध्यात्मिक, योग, जीवनदर्शन, स्वास्थ्य जस्ताको साधक भएको हुनाले त्यसै बिषयलाई मूल आधार बनाएर म त्यहि क्षेत्रमा बोल्छु । आध्यात्मिक विषय अन्तर्गत महाभारतका कथाहरु, जीवनदर्शन जस्ता कुरा पर्छन्, जसले जीवन बदलोस्,जसले मानिसलाई सुखी राख्न सकोस् । जुन कुरा म सिक्दै आइरहेको छु र सिकाउँछु त्यहि कुरा म त्यहाँ पनि बोल्छु ।’
गिनिज वल्र्ड रेर्कडमा नाम लेखाउने आफ्नो पहिला देखिकै लक्ष्य भएको जनाउँदै भने,‘केही न केही पुरुषार्थ गर्नुपर्छ अर्थात् केही न केही कृति त राख्नुपर्छ भन्ने मेरो पहिलादेखि कै सोच हो । अग्रज, गुरु ज्ञानीहरुको संगतले मलाई यो काम गर्छु भन्ने विश्वास भयो । मेरा शुभचिन्तकले पनि हौसला दिनुभयो । संसारमा हरेक कुरा सम्भव छ । मभित्र पनि केही गर्नुपर्छ भन्ने सोच पलायो।’
त्यस्तै आफू राम्रो भाषण गर्ने मान्छेहरुको फ्यान भएको उल्लेख गर्दै भने,‘म स्वर्गीय मदन भण्डारी, गगन थापा र बिकासानन्द यी सबैको म फ्यान हुँ । यी हस्तीहरुको भाषण सुनेर पनि मैले धेरै कुराहरु सिकेको छु । मलाई भाषण गर्न एकदमै इच्छा लाग्छ, लामो भाषण गरे गिनिज रेर्कडमा नाम रहन्छ भन्ने कुरा मैले सामाजिक सञ्जालहरुबाट सुनेको पनि थिएँ ।

प्रतिक्रिया