Bisal Chautari Logo

सुरक्षाकर्मीको कारबाहीमा परी अफगानिस्तानमा ४६ जनाको मृत्यु

- १० आश्विन २०७४, मंगलवार ०५:४३ मा प्रकाशित


46 deaths in Afghanistan
विशाल चौतारी समाचार
काबुल, २०७४ असोज १० मंगलबार । अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा ४६ जना लडाकूको मृत्यु भएको छ ।
                                                                                                                                फाइल फोटो

घटनामा परी अन्य १८ जना घाइते भएको रक्षा मन्त्रालयले सोमबारी जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । गत २४ घण्टाको अवधिमा सरकारी सुरक्षाकर्मीहरूले देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएका थिए ।
मन्त्रालयको वक्तव्य अनुसार सुरक्षाकर्मीहरूले लडाकूहरूको १८ वटा आश्रयस्थल र बंकर नष्ट गरिदिएका छन् । अफगानी सेनाले प्रहरी र गुप्तचर निकायसँग मिलेर विगत छ महिनादेखि देशभरी कडा सुरक्षा कारबाही चलाएको छ ।
सुरक्षा कारबाहीका लागि झण्डै छ हजार सैनिक परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया