Bisal Chautari Logo

बलात्कार गरेपछि मात्र केटिसँग बिहे गर्न पाइने

- ९ आश्विन २०७४, सोमबार ०८:१३ मा प्रकाशित


After rape, she could get married
एजेन्सी ।
काठमाडौँ, २०७४ असोज ९ सोमबार । धेरै देशहरुमा बलात्कार ठुलो अपराध मानिन्छ र बलात्कारीलाई कडा भन्दा काडा सजया दिने गरिन्छ । तर विश्वमा केही यस्ता देशहरु प्नि छन्, बलात्कार गरेपछि सजया नभोगी त्याही केटिसँग बिहे गर्न पाइन्छ । सुन्दै पनि अचम्म नै लाग्दो किर्किस्तानमा बलात्कार गरेकै आधारमा ज्वाँइ बन्ने चलन रहेको छ ।
                                                                                                                                  फाइल फोटो

यहाँ मानिसहरु विवाह गर्न बलात्कार गर्ने गर्छन् । कुनै युवतीलाई आफ्नो श्रीमती बनाउन छ भने बलात्कार गर्नुपर्ने हुन्छ । यस्ता खाले घटना लामो समयसम्म चलेका कारण यो एउटा प्रथा बनेको बताइएको छ । किर्किस्तानका युवाहरु पहिला जबर्जस्ती युवतीको बलात्कार गर्ने काम गर्छन् ।
त्यसपछि युवतीको बेइज्जत हुने डर देखाइ बलात्कारीसँग विवाह गर्न मौका दिइने गरिन्छ । बलात्कार गरेबाफत पुरुषलाई केही कारबाही नगरी उल्टै विवाह गर्नका लागि प्रस्ताव गरिन्छ । बेइज्जत हुने डरका कारण पनि युवतीहरु विवाह गर्न राजी हुने गरेको बताइएको छ । हरेक दृष्टिकोणले पुरुषलाई फाइदा हुने तवरले यहाँ परम्परा निर्माण गरिदै आइरहेको छ ।
यस्ता खाले घटनाहरुलाई रोक्न सरकारले विभिन्न नियम बनाए पनि त्यसको असर देखिन सकेको छैन । एक रिपोर्टका अनुसार प्रत्येक वर्ष १२,००० युवतीहरु अपहरण र बलात्कार हुने गरेका छन् । हालसम्म कुनै युवतीले पनि साहस गरेर यस परम्पराको विरुद्ध बोल्न सकेका छैनन् ।

प्रतिक्रिया