Bisal Chautari Logo

विक्रम र शशीको स्वरमा चलचित्र ‘मेला’को ‘खाली हुँदै गयो गिलास’ गीत सार्वजनिक (भिडियोसहित)

- ९ आश्विन २०७४, सोमबार ०४:०८ मा प्रकाशित


MELA movie Khali Hudai Gayo Ft Salon Basnet, Amesh Bhandari and Aashishma Nakarmi
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज ९, सोमबार । चलचित्र ‘मेला’मा समावेश एक पार्टी गीत रिलिज गरिएको छ । दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीतमा गिलास रित्तिएको कुरा गरिएको छ । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको चलचित्र ‘मेला’को ‘खाली हुँदै गयो गिलास’ बोलको गीतको भिडियो रिलिज गरिएको हो ।
२०७० मै पहिलो नेपाल आइडल बनेका विक्रम राई र शशी रावलको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोमा चलचित्रका मुख्य ३ कलाकार सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीलाइ फिचरिङ गरिएको छ ।
पवित्रा आचार्यको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा दिव्य सुवेदीको छायांकन छ । हरि पन्तको प्रस्तुतीमा तयार भएको यो चलचित्रका निर्माता मनोज के मरोडिया हुन् । बसन्त निरौला निर्देशित यो चलचित्र कात्तिक २४ गतेबाट रिलिज हुँदैछ ।
चलचित्रको कथावस्तुको बारेमा निर्माणपक्षले अझै पनि केही खुलाएको छैन । यसअगाडि सार्वजनिक ‘परिचय’ बोलको लोकलयको गीत हिट भैसकेको अवस्थामा यो गीतले पनि बजार तताउने विश्वास गरिएको छ ।

भिडियो हेर्नुहोस् :

Khali Hudai Gayo – New Nepali Movie MELA 2017 Ft. Salon Basnet, Amesh Bhandari, Aashishma Nakarmi

A Film By Basanta Niraula
New Nepali Movie MELA
Song: Khali Hudai Gayo
Vocal: Bikram Rai, Shashi Rawal
Lyrics/Music: Arjun Pokharel
Music Arranger: Maharaj Thapa
Choreographer: Pabitra Acharya
Cinematographer: Dibya Subedi
Editor: Shahil Khan, Milan Shrestha
Producer: Manoj K. Marodia
Presenter: Hari Panta
Casts: Salon Basnet, Amesh Bhandari, Aashishma Nakarmi, Basanta Bhatta, Niraj Shrestha
Story/Screenplay/Dialogue/Asst. Director: Hari Pant

प्रतिक्रिया