chhakka panja 2 ticket advance booking
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज ९, सोमबार । वर्ष ०७४ को बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’ ले मल्टिप्लेक्स हलमा सर्वाधिक शो संख्या पाएको छ । असोज ११ गते, फूलपातीदेखि प्रदर्शनमा आउने यो मल्टीस्टारर चलचित्रले राजधानीका क्युएफएक्स अन्र्तगतका हलहरुमा मात्रै २६ शो पाएको छ ।
दिपाश्री निरौला निर्देशित चलचित्रले क्युएफएक्समा नेपाली चलचित्रहरुमध्ये सर्वाधिक शो पाएको हो । लविम मल, सिभिल मल, कुमारी र जय नेपालमा छक्का पञ्जा २ को बुकिंग समेत खुला गरिएको छ । दर्शकले टिकट बुक गर्ने क्रम जारी छ ।
चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, किरण केसी, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ ।
chhakka panja 2 song release program video
प्रतिक्रिया