Bisal Chautari Logo

सुष्मा कार्की लण्डनमा बलिउडका चर्चित अभिनेता सलमान खानसंग || फेसबुकमा लेखिन्, ‘माई लभ’

- ४ आश्विन २०७४, बुधबार १२:५४ मा प्रकाशित


Sushma Karki met Salman Khan in London
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज ४, बुधबार । अभिनेत्री सुष्मा कार्कीले बलिउड चर्चित अभिनेता सलमान खानलाई लण्डनको एक स्टोरमा भेटेकी छन् । सलमानलाई लण्डनको एक स्टोरको अगाडी अचानक भेटेपछि निकै उत्साहित हुदै सामाजिक सञ्जालमा उनले आफु र सलमान खानको तस्वीर पोष्ट गरेकी छन् ।
आफ्नो आधिकारीक फेसबुकमार्फत सुष्माले सलमानसागको तस्वीरमा क्याप्सन चाही ‘माई लभ’ लेखेकी छन् । दुई वटा तस्वीर उनले पोष्ट गरेकी छन् जसमा एक तस्वीरमा उनी सलमानको कााधमा आफनो शिर राखेकी छन् भने अर्कोमा सलमानको पाखुरा समातेकी छन् । तस्वीरमा उनी निकै उत्साहित देखिएकी छन् ।
सुष्मा दशैंको अवसरमा लण्डनमा हुने सांगीतीक कार्यक्रममा भाग लिन लण्डन पुगेकी थिइन् । सलमान खान पनि १२ वर्षपछि लण्डनमा सांगीतिक कार्यक्रमको लागि बलिउडका कलाकारको टोली सहित पुगेका थिए ।

प्रतिक्रिया