singer milan amatya divorce
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज ३, मंगलबार । करीव ६ वर्षको वैवाहिक जीवनलाई अन्त गर्दै चर्चित गायिका मिलन अमात्य र पति मेन्सन अमात्यले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गरेका छन् ।
मिलनले आफ्नो व्यवसायिक जीवनमा मेन्सनले साथ नदिएको गुनासो गर्दै आएकी थिइन् । सांगीतिक यात्रालाई अगाडी बढाउन चाहेकाले समझदारीमै डिभोर्स गरेको मिलनले बताएकी छिन । उनी नयाँ पुस्ताकी चर्चित गायिका हुन् ।
मेन्सनले केहि दिन अगाडी काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको लागी निवेदन दिएका थिए । छ बर्ष अगाडी बिवाह भएतापनि उनीहरुका सन्तान भने छैनन् ।
मिलन अमात्यले सहकर्मी गायक दिपक लिम्बुको प्रियसी बन्नका लागि मेन्सनसँगको सम्बन्धलाई बिराम दिएकी हुन् । मिलन र दिपक केही समययता प्रेम सम्बन्धमा रहेको चर्चा छ ।
प्रतिक्रिया