Bisal Chautari Logo

लजालु मेलिना अनी चनचली एलिशा भन्छिन्, ‘म त गाउँकी गोरी रे’ (भिडियो सहित)

- २ आश्विन २०७४, सोमबार १६:१३ मा प्रकाशित


Melina Rai song GAU KI GORI Featuring Alisha Rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज २, सोमबार । लजालु मेलिना राई, अनी चनचली एलिशा राई भन्छिन्, ‘म त गाउँकी गोरी रे’ ।
नेपाली पाश्र्व गायनमा अहिले सबैभन्दा बढी ब्यास्त गायिका हुन्, मेलिना राई । उता म्युजिक भिडियोकी ब्यस्त मोडल तथा चलचित्र ‘लुट–२’बाट चलचित्रमा समेत डेब्यु गरिसकेकी अभिनेत्री हुन्, एलिशा राई ।
प्रसंग हो गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत ‘म त गाउँकी गोरी रे’को ।
केही दिन अगाडी काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सो गीत सार्वजनिक गरिएको थियो । ‘माया’ एल्बममा समावेश गीतमा माया मगरको शब्द र उत्तम जंग लिम्बुको संगीत रहेको छ ।
चर्चित कोरियोग्राफर कलम राईको निर्देशनमा बनेको भिडियोमा एलिशा राई फिचरिङ छिन् । सौरभ लामाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
सार्वजनिक म्युजिक भिडियोलाई दर्शकहरुले धेरै रुचाएका छन् । यस गीतसंगै मेलिना राई, माया मगर र उत्तम जंग लिम्बु संयुक्त एल्बमपनि सार्वजनिक भएको थियो । वरिष्ट संगीतकार शम्भुजित बाास्कोटाको प्रमुख आतिथ्यतामा उक्त एल्बमको लोकार्पण गरिएको थियो ।

भिडियो हेर्नुहोस् :

Melina Rai New Song-2017 | GAU KI GORI | Featuring Alisha Rai | Official Video


Gau Ki Gori …(Maya)
Vocal: Melina Rai
Supporting Vocal: Sarala Rai, Kala Rai , Menuka Rai
Lyrics: Maya Magar
Music: Uttam Jung Limbu (Lawati)
Arrange: Sahash Shakya
Audio: Rubusha Creative
Featuring: Alisha Rai
Cinematography: Saurav Lama
Visual Edit: Suprim Parajuli
Direction: Kamal Rai

प्रतिक्रिया