Bisal Chautari Logo

गायक पदमको २ गीतको ‘अनलाइन सिङगिङ कम्पिटिसन–२०७४’को विजेताहरु घोषित

- २ आश्विन २०७४, सोमबार १४:१८ मा प्रकाशित


online singing competition-2017 cover song padam rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज २, सोमबार । गायक पदम राईको ‘फुल टिपे काडा बनको’ र तिमिलाई देखेपछी बोलको गीत कभर प्रतियोगिताको विजेताहरु निर्णायक तथा आयोजक टिमले घोषित गरेका छन् ।
साङ्गीतिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुपको पहिलो अभियान तथा रुबुशा क्रियटिभ वर्कको आयोजनामा भएको ‘अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४’को उपाधी सुमन श्रेष्ठले जितेका छन् । उनले ‘अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४’को उपाधी संगै नगद ५० हजारपनि प्राप्त गर्ने भएका छन् । त्यस्तै क्रमश: फस्ट रनरपको उपाधी अमृत लिम्बुले हात पर्दा सेकेन्ड रनरपको उपाधी अमर तामाङ्गले जिते । प्रतियोगिताको थर्ड रनरप बसन्त दुुखुम राईले हात पारेका छन् । विजेताले ५० हजार नगद पाउदा फस्ट रनरपलाई ३० हजार, सेकेन्ड रनरपलाई २० हजार र थर्ड रनरपलाई १० हजार दिइने आयोजकले बताएको छ ।
त्यस्तै सान्तवनामा आयोजकले ७ जना विजेता घोषित गरेका छ । सान्तवना हुनेमा बसन्ती लिम्बु, राज खिम्दीङ लिम्बु, बिरेन्द्र सुनवार, विकास राई, सन्तोष रसाइली, विमल सिगु लिम्बु, मिनराज चाम्लीङ रहेका छन् । उनीहरुलाई ५ हजारबाट सम्मानित गरिनेछ ।
‘अनलाइन सिङगिङ कम्पिटिसन साङ्गीतिक भेटघाट चौतारी आइडल–२०७४’को निर्णायक गायक तथा संगीतकार बिनोद खम्बु र गायक बिक्रम राईले गरेका थिए ।
विजेताहरुलाई असोज ५ गते काठमाडौमा एक भब्य कार्यक्रमको आयोजना गरी प्रमाणपत्रसंगै नगद हस्तान्तरण गरिने यस कभर गीतका गायक पदम राईले जानकारी दिए ।
यस प्रतियोगिताको प्रायोजकहरुमा मनकुमार सामपाङ राई(मलेसिया), राज मादिहाङ(दुबइ), बाबु राई(मलेसिया), सन्जु लिम्बु, पुर्ण खालिङ राई, लब्ली सुजु साम्पाङ राई, गंगा राई, बिष्णु पोल्माछा चाम्लिङ(मलेसिया) लगायत रहेका छन् ।

प्रतिक्रिया