Bisal Chautari Logo

सुनिता र धीरजको क्यानडा भ्रमण (फोटो फिचर सहित)

- १७ बैशाख २०७१, बुधबार १८:३६ मा प्रकाशित


dhiraj rai and Sunita Dulal canada tour
काठमाडौं, १७ बैशाख । पप गायन क्षेत्रका चर्चित गायक धीरज राई र नेपाली लोक संगीतका चर्चित गायिका सुनिता दुलाल केही समय अगाडीदेखी क्यानडा भ्रमणमा रहेका छन् । भ्रमणमा रहेका यी दुई जोडीले कन्र्सटमा नेपाली लोक र पप संगीतको फ्युजन प्रस्तुत गरिरहेका छन् ।
नेपाली आदिवासी जनजाति महासंघ क्यानाडा र नेप्लिज क्यानेडियन कम्युनिटी सभिर्सेजको निम्तोमा क्यानडा भ्रमणमा रहेका गायीका धीरज र सुनिताले प्रस्तुतिको सुरुआत टोरोन्टोबाट गरेका थिए । कार्यक्रममा आ–आफ्ना लोकप्रिय गीतहरु गाएर कन्र्सट तताएका थिए । 
क्यानडा भ्रमणसंगै कन्र्सटको क्रममा दोस्रो चोटि पुगेकी गायीका सुनिताले ‘हमाल तराइ मेची महाकाली, यहीँ फुल्छ गुँरास बोकेर लगी, नेपालकी छोरी म… फरिया चोली लाउछु, शिरैमा रातो रिबन, सुन्दर सुन्दर सुन्दर… सुन्दर नेपाली हाम्रो जीवन, नेपाली हाम्रो पहिरन ।।’  बोलको गीत गाएकी थिइन् । यो राष्ट्र भावपुर्ण गीतको प्रस्तुती थालेकी गायीका सुनिताले ‘म त गोरी गोरी, गांउकी छोरी’, ‘मेरै दिलमा फुल्यौ निरमाया..’, ‘शिरमा फूल..’ लगायतका गीतहरु गाएकी थिइन् । 
त्यस्तै पहिलो क्यानडा भ्रमणसंगै कार्यक्रममा पुगेका गायक धीरजले ‘सोइ ढोले सोई’, ‘तिमी रुँदा एक्लै हुदा’, ‘बुद्ध वाज वर्न इन नेपाल’, ‘मिस्टिरियस गर्ल’ सहित दर्जनौँ गीतहरु प्रस्तुत गरेका थिए । 
त्यस्तै यी दुई जोडीले मिसिसागा, ओतवा र मोन्ट्रियलमा समेत कन्सर्ट गरिसकेका छन्, भने क्यानाडेली सहरमा पनि सांगीतिक प्रस्तुति दिने भएका छन । धीरज र सुनिताले बताए अनुसार मे ३ मा क्याल्गरी, मे ९ मा एडमन्टन र मे १० मा लेथब्रिजमा कन्सर्ट हुनेछ ।

साथै गायक धीरज र सुनिता घुमघाम र हिउँ खेलेरपनि भ्रमणमा मज्जा लिइरहेको बताएका छन् । सुनिताले बताए अनुसार कार्यक्रम सकेर एक महिना पछि नेपाल र्फकनेछन् ।

add

प्रतिक्रिया