Bisal Chautari Logo

पुजाको जन्मदिन मनाउदै ‘अझै पनि’को निर्माण घोषणा

- १८ बैशाख २०७१, बिहीबार ०४:२७ मा प्रकाशित


Sudarshan Thapa, Pooja Sharma, alok nembang, Bijay Lama nepali movie ajhai pani
काठमाडौं, १८ बैशाख । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकाहरुको भित्रिने क्रम जारी रहेको छ । त्यो भन्दा दोब्बर एक–दुई चलचित्रमा काम गरेका कलाकारहरुलाई आफ्नो चलचित्रमा लिनेहरुको होटबाजी नै चल्ने गरेको छ ।
यस्तै क्रममा केही समय अगाडी रिलिजमा आएको चलचित्र ‘मधुमास’की हिरोइन पुजा शर्माको जन्मदिन परेको अवसर पारेर चलचित्र ‘अझै पनि’को घोषणा गरिएको छ । बुधबार राजधानिमा एक पत्रकार सम्मेलनको आयोजना गरी निर्देशक सुदर्शन थापा र पुनम गौतमले निर्माण गर्न लागेको जानकारी दिइएको थियो । साथै चलचित्रलाई आलोक नेम्बाङले निर्देशन गर्न लागेका छन् । प्रेम कथाको स्क्रिप्ट बोकेर निर्देशक आलोक ४ बर्षपछि निर्देशनमा फकिर्न लागेका हुन् ।
पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै अभिनेत्री पुजाले निर्देशक आलोक नेम्वाङसंग काम गर्ने सबै कलाकारहरुको चाहना हुने गरेको बताउदै, आफु सो रोजाईमा पर्दा खुसी लागेको बताइन् । त्यस्तै चलचित्रका निर्देशक नेम्वाङले कार्यक्रममा बोल्दै भने–‘निर्देशन विधामा राम्रा मानिएका सुदर्शन थापा तथा अन्य केही सिनियर कलाकाहरुलाई अभिनयमा आफुले उतार्न पाउदा खुसी छु’, नेम्वाङले बताए । चलचित्रले प्रेमको भाषा बोल्ने निर्देशक नेम्बाङले जनाए । यसअघि सुदर्शन र आफूले बनाएका चलचित्रमा नेपाली स्वादसँगै विदेशी गन्ध पनि आएको बताउँदै आलोकले यसपटक टिपिकल नेपाली सिनेमा बनाउन लागेको बताए ।
चलचित्रमा अभिनेत्री पुजाका अलवा सुदर्शन थापा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, विपना धिमाल, मिथिला शर्मा, विजय लामा र रामशरण पाठकको अभिनय हुनेछ । चलचित्रको छायांकन शुक्रबारट काभ्रेस्थली, चरिकोट र मुडे क्षेत्रमा गरिने निर्माणपक्षले जनाएको छ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, अष्ट महर्जनको दन्द्ध निर्देशक रहने भएको छ । चलचित्रका ५ गीतमा ४ संगीतकारको संगीत छ । हरि लम्साल, राजनराज सिवाकोटी, सचिन सिंह र महेश खड्काले चलचित्रमा संगीत भरेका छन् ।

ad

प्रतिक्रिया