Bisal Chautari Logo

‘छक्का पन्जा २’ टिम ‘एक्सप्रेस कमेडी टुर’ लिएर देश दौडाहामा

- ३० भाद्र २०७४, शुक्रबार ०५:५० मा प्रकाशित


chhakka panja 2 movie team priyanka karki, deepak raj giri and deepa shree niraula
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र ३० शुक्रबार । यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ ले ‘एक्सप्रेस कमेडी टुर’ लिएर देश दौडाहामा निस्किएको छ । ‘एक्सप्रेस कमेडी टुर’को तालिका समेत सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकिंदै गर्दा फिल्मको जम्बो टोली मोफसलका दर्शक तथा मिडियासाग सात्क्षात्कार गर्न भदौ २८ गते निक्लिएको हो ।
११ मा रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ पुर्वबाट थालनी हुने यात्रामा सर्वप्रथम २९ गते दमकमा ‘छक्का पन्जा २’ ले दर्शकसँग सात्क्षात्कार गर्नेछ । त्यसपछी ३० गते इटहरी, ३१ गते हेटौडा, असोज १ गते नारायणगढ, २ गते बुटवल र ३ गते पोखरामा ‘छक्का पन्जा २’ टिम पुग्ने निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिएका छन् ।
पोखराबाट राजधानी फिर्ने ‘छक्का पन्जा २’ टिम फिल्म रिलिज पश्चात पुनस् हल रिपोर्ट बुझ्न मोफसलका बाकी स्थानमा पुग्नेछ । कमेडी टुरमा प्रियंका कार्की, दीपकराज गिरी, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल, लगायतका प्राय सम्पूर्ण कलाकार उक्त टुरमा सहभागी हुने निर्देशक दीपाश्री निरौलाले बताइन ।
गीत र संगीत, ट्रेलर, हिट व्यानर, मल्टीस्टारर टिमका कारण ‘छक्का पन्जा २’ अहिले सर्वा्िधक चर्चामा छ । ‘छक्का पन्जा’ ले नेपाली बक्सअफिसमा सर्वाधिक कलेक्सन गरेका कारण यसको सिक्वेल बक्सअफिसमा पनि प्रतिक्षित छ ।

प्रतिक्रिया