Thawang village president abducted
विशाल चौतारी समाचार
रोल्पा, २०७४ भाद्र ३० शुक्रबार । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ससुराली घरबाटै अपहरणमा परेका छन् । बिहीबार राती सुतिरहेको बेला करिब २ बजे उनलाइ अज्ञात समूहले अपहरण गरेको हो । वियोग उपनामले चिनिने घर्ती माओवादी केन्द्रका स्थानीय नेता हुन् ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा उवा घर भएका घर्ती थवाङ गाउँपालिकाको अध्यक्षमा निर्वा्चित भएका थिए । उनले, कांग्रेस, एमाले, विप्लव नेतृत्वको नेकपा लगायत दलको गठबन्धनलाई पराजित गरेका थिए ।
रोल्पाका डिएसपी वीरेन्द्र थापाले घटनाको पुष्टि गर्दै घर्तीको खोजी कार्य जारी रहेको बताए । शनिबार आयोजित थवाङमा गाउँसभा उदघाटनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जाने कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले अपहरण गरेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया