nepal news
विशाल चौतारी समाचार
नवलपरासी, २०७४ भाद्र २९ बिहिबार। नवलपरासीका मालपोत कार्यालयका प्रमुखलाई आज अज्ञात समूहले कालोमोसो दलेका छन् । कार्यालय समयमा कार्यकक्षमा प्रवेश गरेर ३ जनाको समूहले भष्टाचारी भन्दै कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने सबै फरार छन् ।
कालोमोसो दलेपछि प्रमुखको कार्यकक्षमा जिल्ला जनपरिषद (जनसत्ता) नवलपरासी लेखीएको पर्चा भेटीएको थियो । पर्चामा मालपोत कार्यालयमा खुलेआम भष्टाचार बढेको, तीस लाखभन्दा बढी थैली घटाएर पुँजिगत लाभकर नलाग्ने गराएर जग्गा दलालबाट लाखौं रुपैयाँ रकम लिने गरेको उल्लेख गरिएको छ ।
इलाका प्रहरी कार्यालयका डिएसपी नविनराज राईका अनुसार आफूलाई विप्लव समूहको भन्ने युवाहरुले अभद्र व्यवहार गरेर फरार भएको र उनीहरुको खोजिकार्य भैरहेको बताए ।
प्रतिक्रिया