Bisal Chautari Logo

ओम अस्पतालले फेरि बिरामीको ज्यान लियो, आफन्तहरुले दिए धर्ना

- २९ भाद्र २०७४, बिहीबार ०७:२४ मा प्रकाशित


Om Hospital again took a sick life
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २९ बिहिबार। चाबहिलस्थित ओम हस्पिटलमा बुधबार नाकको उपचाररत एक जना बिरामीको मृत्यु भएको छ । बिरामीका आफन्तहरुले विभिन्न माग सहित र्धाना दिदै आएकाछन् । तर, विरामीको के कारणले मृत्यु भयो भनेर आफन्तले सोध खोज गर्दा अस्पालले उल्टै सुरक्षा परिचालन गरेर लाठी चार्ज गरेको छ भने बिरामीको कसरी मृत्यु भयो खुलेको छैन ।
बुधबार बुटवलकी ४० वर्षिय कमला भट्टराईको नाकको शल्य क्रियाका क्रममा मृत्यु भएको हो । गत शनिबार अस्पताल भर्ना भएकी उनी उनी नाकको कुरकुरे हाड सोझ्याउन आएकी थिइन् । स्वास्थ्य अवस्था सामान्य रहेको उनको आज दिउँसो उपचारका क्रममा एक्कासी मृत्यु भएको अस्पतालले घोषणा गर्यो । सामान्य बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले यसबारे सोध खोज गर्न खोज्दा उल्टै सुरक्षाकर्मी लगाएर लाठी चार्ज गर्दै खेदेका थिए । अहिले अस्पताल परिसर तनाव ग्रस्त रहेको छ । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।
गत साउन १८ गते ओम अस्पतलामा उपचारका क्रममा ५० वर्षीय नन्दकुमारी लामिछानेको मृत्यु भएको थियौ । तर, एक महिना पूरा नहुँदै फेरी आज अर्काे घटना घट्यो । यसरी महिनै पिच्छे सामान्य विरामीलाई उपचार गर्दा मृत्युको मुखमा पुर्याउने गरेको पाइन्छ । कमलाको नाकको उपचार डा. राजेन्द्रप्रसाद गुरागाइले गरेका थिए।
शल्यक्रिया पश्चात बिरामीको नाकबाट निरन्तर रगत बगिरहेको, बारम्बार बान्ता भएको, पिसाब रोकिएको मृतकका आफन्तले बताए । ‘रगत नरोकिएपछि हामीलाई डेढ लाखको औषधि किन्न लगाए, डाक्टरले अत्याधिक औषधिकै कारण मृगौला फेल भयो पनि भने,’ मृतकका आफन्त विदुर दाहालले खबर गरे । तर, अस्पतालले कमलाको मृत्युबारे मुख खोलेको छैन ।
अस्पतालले कमला भट्टराईको असामहिक निधन भएकोमा गहिरो दुख व्यक्त गर्दै, यस घटना सम्बन्धमा अस्पताल र पिडित पक्षबिच आज दिउसो दुइ बजे वर्ता बस्ने प्रेस विज्ञाप्ती निकालेको छ ।

प्रतिक्रिया