Bisal Chautari Logo

सिंगापुरलाई हराउँदै नेपाल बन्यो समूह एको विजेता

- २९ भाद्र २०७४, बिहीबार ०६:३४ मा प्रकाशित


Nepal became a group winner
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २९ बिहिबार। एसीसी यू–१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ ।
यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपाल लगातार तेस्रो जितसँगै समूह एको विजेता बनेको छ ।सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
सन्दिप सुनारले २० रन बनाए भने अनिलकुमार साहले १८ रन बनाए भने आशिफ शेख ६ रनमा आउट भए । अमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । उसका सिद्धान्तले २० रन बनाए भने रोहन रंगाराजनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

 

प्रतिक्रिया