Bisal Chautari Logo

अहिलेसम्मकै जम्बो मन्त्रीपरिषद, आफ्नो रेकर्ड आफ्नै तोड्दै देउवा

- २६ भाद्र २०७४, सोमबार ०५:३७ मा प्रकाशित


Council of Ministers till now
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र २६ सोमबार । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले सम्मकै जम्बो मन्त्रीपरिषद विस्तार गर्दैछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रजातान्त्रिकबाट ३ मन्त्री र एक राज्यमन्त्री थप गरि प्रधानमन्त्री देउवाले जम्बो मन्त्रीमण्डल बनाउन लागेका हुन् ।
                                                                                                                                  फाइल फोटो

आज राप्रपा प्रजातान्त्रिकबाट ४ मन्त्री थपिएसँगै बर्तमान मन्त्रीमण्डल इतिहासकै सवैभन्दा ठुलो ५४ सदस्यीय हुनेछ । यसअघि २०५२ सालमा देउवाले ५२ सदस्यीय मन्त्रीमण्डल गठन गर्दै सर्वा्धिक ठूलो मन्त्रीपरिषद गठन गरेका थिए ।
संसदमा १८ सदस्य रहेको राप्रपा प्रजातान्त्रीकबाट मन्त्रीमण्डलमा जान लागेका दिपक बोहराले विज्ञान तथा प्रविधि, विक्रम पाण्डेले बन तथा भूसंरक्षण र सुनिल बहादुर थापाले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्री कार्यलयले जनाएको छ । यस्तै रेशम लामाले उद्योग राज्य मन्त्रीको जिम्मेवारी सम्हाल्दै छन् ।
नवनियुक्त मन्त्रीको शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले ११ वजे सपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रतिक्रिया